नारायणकाजीलाई हराउन माओबादीभित्रै षडयन्त्र !



काठमाडौं । नारायणकाजीलाई हराउने माओबादीभित्रै षडयन्त्र बुनिएको खबर आउन थालेको छ । बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठवीच गोरखा दुई नम्बर हुन लागेको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । त्यहाँ नारायणकाजीलई हराउन माओवादी केन्द्रभित्रै अर्को षडयन्त्र बुन्न थालिएको बताइएको छ । माओवादी हेर्डक्वाटरसमेतको सहयोगमा षडयन्त्र शिकार नारायणकाजी श्रेष्ठ हुने आशंका छ । वामगठबन्धनमा आएका बाबुराम भट्टराई गोरखा दुई नम्बर क्षेत्र छोड्न चाहन्थेनन् । र, माओवादी पनि गोरखाका दुवै क्षेत्र छोडन चाहन्थेन, त्यसको रस्साकस्सीले भट्टराई गठबन्धनबाट बाहिरिए । त्यसपछि माओवादीका नेता बर्षमान पुन नारायणकाजी श्रेष्ठविरुद्ध देखा परे । पुन र उनका निकटहरु अहिले श्रेष्ठलाई जसरी पनि गोरखामा हराउने खेलमा लागेको स्रोतको दावी छ । श्रेष्ठलाई गोरखामा हराएको अवस्थामा पार्टीभित्र श्रेष्ठको हैसियत कमजोर हुने र आफ्नो हैसियत बलियो बनाउन पुन लागेको स्रोतको दावि छ ।

प्रचण्डका कार्यालय सहयोगी भएर काम गरेका चुडामणि खड्का गोरखाको इञ्चार्ज छन । उनी नै अहिले श्रेष्ठलाई हराउन सक्रिय भएको खबर छ । हुन पनि रोल्पाबाट पुनले निर्वाचन जित्ने अवस्था छ । श्रेष्ठले जितेको अवस्थामा माओवादीभित्र पुनभन्दा श्रेष्ठ हावी हुने अवस्था बन्छ । माओवादीमा प्रचण्डको स्वघोषित उत्तराधिकारी बनेका पुन अहिले कृष्णबहादुर महरा र श्रेष्ठविरुद्ध खनिन थालेका हुन् । महरालाई दाङ लखेट्न सफल भएका पुन अहिले दाङमा महरालाई हराउने खेलमा पनि लागेको चर्चा दाङमै सुनन थालिएको छ । दाङ २ बाट चुनाव लड्न लागेका महराविरुद्ध पुनले रोल्पाबाट झरेका माओवादीमार्फत खेल सुरु गरिसकेको आरोप छ ।

पहिला एमालेका नेता शंकर पोखरेललाई क्षेत्र नछोड्न उचालेका पुन पोखरेल मुख्यमन्त्रीका रुपमा अघि सरेर प्रदेशमा झरेपछि महराले प्रतिनिधिसभामा टिकट पाउन लागेका हुन । महरा र श्रेष्ठलाई हराएको अवस्थामा आपूm पार्टीभित्र हावी हुन सक्ने पुनको बुझाइ छ । प्रचण्डसंग मिलेर पुन अहिले माथिल्लो तहका केही नेताहरुलाई हराउने खेलमा लागेको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्