हिग्वेनको एक सय गोल



 

रोम, (एजेन्सी)
इटालियन सिरी ए मा अर्जेन्टिनी खेलाडी गोन्जालो हिग्वेनले एक सय गोलको आंकडा पूरा गरेका छन्।

सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्सले एसी मिलानलाई २–० ले पराजित गर्दा हिग्वेनले आफ्नो एक सयौं गोल पूरा गरेका हुन्। टोलीको जितमा हिग्वेनले २३औं र ६३औं मिनेटमा गरी दुबै गोलको योगदान गरेका थिए। दुई गोलपछि हिग्वेनले नेपोली र युभेन्ट्सका लागि कूल १ सय एक गोल गरेका छन्। सन् २०१३ को जुलाइमा रियल मेड्रिडबाट नेपोली गएका उनी सन् २०१६ मा युभेन्ट्समा आबद्ध भएका हुन्। सिरी ए को दुवै क्लबमा गरी उनले अहिलेसम्म १ सय ५३ म्याच खेल्दै आफ्नो गोल संख्या १ सय कटाएका हुन्।

जितसँगै युभेन्ट्स पनि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। ११ खेलबाट २८ अंक जोडेको युभेन्ट्स गोलअन्तरमा नेपोलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो। नेपोलीले एक खेल कम खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्