कंगोमा हजारौं मानिस भोकमरीको खतरामा



ब्रज्जाभिल्ले,(एजेन्सी)
संयुक्त राष्ट्र संघको खाद्यान्न निकायले द्वन्द्वग्रस्त कंगोको कासाइ प्रान्तमा मानवीय समस्या समाधानका लागि थप अनुदान सहयोगका लागि आइतबार अपिल गरेको छ। सो निकायका अधिकारीले डेविड बिस्लीले सो प्रान्तमा तीस लाखभन्दाबढी मानिस भोकमरीको खतरामा रहेको बीबीसीलाई जानकारी गराएका छन्।

उनले यदि आवश्यक खाद्यान्न आपुर्ति नगरिएको खण्डमा केहि महिना भित्र नै हजारौं बालबालिकाको अकालमा ज्यान जाने चेतावनी पनि दिएका छन्। सरकारी सुरक्षा फौजसँगको भिडन्तमा एकजना स्थानिय नेता मारिएपछि सन् २०१६ को अगस्टदेखि यस प्रान्तमा हिंसात्मक गतिविधि शुरू भएको हो।

यस हिंसाको कारण १५ लाख स्थानिय वासिन्दाले आफ्नो घर छोड्नु परेको बताइएको छ। यसरी विस्थापित हुनेमा अधकांश बालबालिका रहेका छन्। विश्व खाद्यान्न कार्यक्रम ( डब्ल्युएफपी ) बिस्लीले भनेका छन् ,‘कासाइको अवस्था निकै भयावह छ। हाम्रो टोली स्थलगत भ्रमणमा पुगेको छ।

हामीले त्यहाँ जलेका झुपडी र घरहरु , कुपोषणग्रस्त बालबालिका देख्यौं। यसअघि नै धेरै बालबालिकाको मृत्यु भइसकेको छ। हिंसामा कासाइमा ३ हजार भन्दा बढि मानिस मारिइ सकेका छन्। संयुक्त राष्ट्र संघले सो क्षेत्रमा दर्जनौं सामुहिक चिहान फेला पारि सकेको छ।

प्रतिक्रिया दिनुहोस्