टाउको काटिए



 

कोक्स बजार, (एजेन्सी)
म्यान्मारबाट आएका एकजना रोहिँग्या मुश्लिम युवकले शनिबार एकजना बंगलादेशी पुरुषको टाउको काटेको प्रहरीले जनाएको छ। म्यान्मारबाट थुप्रो संख्यामा शरणार्थी भित्रिएको दक्षिणपूर्वी बंगलादेशमा अहिले तनाव चर्किरहेको छ। गत अगस्टमा म्यान्मारमा सेनाले रोहिँग्या समुदायमाथि दमन गर्न थाले यता ६ लाखभन्दा बढी रोहिँग्या भागेर बंगलादेश पुगेका थिए। प्रहरीले ती बंगलादेशीमाथि भएको आक्रमण पारिवारिक विवादसंग सम्बन्धित रहेको जनाएको छ। कोकस बजार जिल्लाको उपप्रमुख अफ्रुजुल हक तुतुलले यस घटनापछि सो क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्