अर्थमन्त्री निवासमा दिनहुँ भतेर, निर्वाचन आयोग रमिते !



काठमाडौँ । वर्तमान सरकारका मन्त्रीहरु निर्वाचन आचारसंहिता उलंघनमा अब्बल देखिएका छन । राज्यस्रोतको दुरुपयोग गर्दै निर्वाचन आचारसंहिता उलंघन गर्नेमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पहिलो नम्बरमा छन ।

मन्त्री निवासमा दिनहुँ भोज
प्रतिनिधिसभाको निर्वाचनमा पराजयको ह्यट्रिक गरेका कार्की अहिले मन्त्री निवास पुल्चोकमा दिनहुँ भोज गरिरहेका छन । सरकारका वरिष्ठ मन्त्रीले निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले पार्टी कार्यकर्तालाई दिनहुँ निवासमा बोलाएर भोज गर्नु निर्वाचन आचारसंहिता विपरित हो । राज्य कोषको दुरुपयोग गर्दै कार्कीले शनिबार राति पुल्चोकको मन्त्री निवासमा भोज भतेर गरेका हुन । जहाँ उपप्रधानमन्त्री समेत रहेका विजय गच्छेदारदेखि कांग्रेसका कार्यकर्ता लाम लागेर भोज खाइ रहेको छन । यसपटक सुनसरी क्षेत्र नम्बर ४ बाट पतिनिधिसभा सदस्यमा कांग्रेसको उम्मेदवार बनेका कार्की सोही क्षेत्रका नेता कार्यकर्तालाई जम्मा गर्दै दिनहुँ भोज गरिरहेका छन ।

घुस बिना कामै नगर्ने बानी
कर्मचारीतन्त्रमा बितण्डा मच्चाइरहेका कार्की घुस नखाइ सिन्को पनि नभाँच्ने मन्त्रीको रुपमा आलोचित छन । नेप्सेको जिएम नियुक्तीको समयमामात्रै ३ करोड घुस खाएको आरोप कार्की माथि लागेको छ । कार्कीले जिएम नियुक्तीमा कांग्रेस समर्थकलाई नै पन्छाएर नयाँ शक्तिका नेतालाई नियुक्ती दिने वातावरण बनाएका थिए । राजनीतिशास्त्रमा स्नातकोत्तर कार्की अर्थशास्त्रको बारेमा त्यती जान्दैनन् तर गुट र देउवाको चाकरीका कारण अर्थमन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालय हात पार्न सफल भए । कार्कीले चुडामणी शर्मा निलम्बनमा परेपछि आन्तरिक राजस्व विभागमा समेत आफ्नै नजिकका किशोरजंग कार्कीलाई जिम्मेवारी दिए । मन्त्रीको रुपमा त्यती प्रभावकारी भूमिका खेल्न नसकेपनि तीन पटक लगातार पराजित भएका कार्कीले गुटकै कारण यसपटक पनि टिकट प्राप्त गरिसकेका छन ।

हारमा ह्याट्रिक
ज्ञानेन्द्र कार्कीका लागि चुनाव कहिल्यै फापेन । २०५१ सालको मध्यावधि चुनावमा भोजपुर १ मा एमालेका हेमराज राईसँग कार्की २६ मतान्तरमा पराजित भए । २०५६ को चुनावमा भोजपुर १ बाट पुनः चुनाव लडे । एमालेका घनेन्द्र बस्नेतसँग उनी ८३८ मतान्तरमा पराजित भए । पहिलो संविधानसभा २०६४ मा पनि कार्की भोजपुर १ बाटै चुनाव लडे तर यो चुनाव कार्कीका लागि हारको ह्याट्रिक बन्यो उनी माओवादीका पदम राईसँग २ हजार २ सय १४ मतान्तरमा पराजित भए । पराजयबाट आजित भएका कार्कीले त्यसपछि २०७०को संविधानसभा निर्वाचनमा चुनाव लड्ने हिम्मत गरेनन् र समानुपातिमा सांसद बन्ने अवसर पाए । पार्टी भित्र पनि शेरबहादुर देउवाको गुटमा रमाउने र आफू पनि सानो घेरामा बस्न चाहने बानीले कार्कीको प्रत्यक्षमा सफल परीक्षण हुन सकेनन् । आज उनै कार्की मन्त्री पदको दुरूपयोग गर्दै आचारसंहिता विपरितको काममा क्रयाशिल बनेका छन ।

प्रतिक्रिया दिनुहोस्