यसकारण संवेदनशील छ यो चुनाव

पुष्करलाल श्रेष्ठ

संविधानसभाबाट सार्वभौम सत्ता पूर्णरूपमा जनतामा निहित हुने भन्दै बनाइएको संविधानअनुसार देशमा पहिलोपल्ट केन्द्र र प्रदेशको चुनाव हुन गइरहेको छ। त्यसो त प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा आन्दोलन हुँदै गर्दा अहिलेका पार्टी र नेताहरूले यही भन्दै, हामी जनतामाथि शासन गर्दै आएको पनि तीन दशक हुन लागिसकेको छ। तर राजनीतिक पार्टीका कार्यकर्ताबाहेक कुनै पार्टीको झन्डा नबोक्ने तपाईं–हामी जनताले भने आजका दिनसम्म पनि आपूmलाई सार्वभौम जनता भएको महसुस गर्न पाएका छैनौं।

चुनाव जति नजिकिँदै छ, राजनीतिक पार्टी र नेताहरूबाट एकपछि अर्को धोका पाउँदै आएका जनता फेरि एकपटक कसलाई, किन र कसरी भोट हाल्ने भन्ने कुरामा अलमलिन थालेको देखिन्छ। जुन कुरा स्वाभाविक पनि हो। किनभने अहिले पनि जनता चुनावी मैदानमा हिजो आपूmलाई धोका दिने नेताहरूकै अनुहार, बोली, आश्वासन र भाषण हेर्न अनि सुन्न बाध्य छन्। फरक यत्ति मात्र छ कि, हिजो कम्युनिस्टको नाममा फरक–फरक रूपमा देखिएका पार्टी अहिले वाम गठबन्धनको नाममा एकैठाउँमा उभिएका छन्। साथै केही लोकतान्त्रिक गठबन्धनको नाममा बनेका पार्टीहरू मिलेर चुनावी मैदानमा उत्रिएका छन्। चुनावी घोषणा–पत्रसमेत बनाउन नसकेका कुनै स्पष्ट दृष्टिकोण, सिद्धान्त र विचारविहीनहरूको यो तालमेल देखेर जनता अहिले झन् अक्क न बक्क भएका देखिन्छन्।

त्यसो त जनतासँग अहिले पनि यिनै राजनीतिक पार्टी र नेताहरूलाई भोट हाल्नुबाहेक अर्को विकल्प छैन। सम्भवतः यही समस्याले अहिले प्रजातान्त्रिक मुलुक भनिने कतिपय देशमा जनताले मत दिने मात्र होइन कि मत नदिने अधिकारका लागि पनि आवाज उठाउन थालिसकेका छन्। संसारको सबैभन्दा उत्कृष्ट प्रजातान्त्रिक मुलुक मानिने अमेरिकामा समेत अमेरिकी जनता आफ्नो मताधिकारको प्रयोग गर्न अनिच्छुक हुँदै जानुको कारण शायद यो पनि हुनसक्छ।

कसैको इशारामा देशलाई संघीयतामा लाने नेताहरूको डिजाइनलाई लालमोहर लगाइदिने हुनेछ, यसपटक हामीले ठोक्ने मतपत्रमा छाप। तपाईं–हाम्रो सानो लापरबाहीले भारतभन्दा पुरानो इतिहास भएको हाम्रो देश छिया–छिया परेर टुक्रिन सक्छ। अति संवेदनशील छ यो चुनाव। अहिले नै हाम्रो धर्म, संस्कृति, पहिचान सबै गुमिसकेको अवस्था छ। भोलि देश नै गुमाउन नपरोस्।

नेपालको सन्दर्भमा हेर्ने हो भने, लामो समयदेखि प्रजातन्त्रका लागि लडेको पार्टी भनेर २०४६ सालको आन्दोलनपछि नेपाली जनताले नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाई प्रजातान्त्रिक ढंगबाट देश चलाऊ भनेर जनमत दिएकै हो। तर, प्रजातान्त्रिक पार्टी भनिएकै पार्टीको अप्रजातान्त्रिक क्रियाकलापले गर्दा गरिब देशले पटक–पटक मध्यावधि चुनाव व्यहोर्नुपर्यो। त्यसपछि प्रजातन्त्रको पुनःस्थापना गर्नमा कम्युनिस्टको पनि साथ रहेकाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर देश चलाउनू भनी सुझबुझका साथ नेपाली जनताले दुवै पार्टीलाई लगभग बराबर जनमत नदिएका पनि होइनन्। यी दुवै पार्टीले जनताको भावना समेट्न नसकेको फाइदा उठाउँदै जनयुद्धमा होमिएको नेकपा माओवादीले सत्र हजार जनता मारेको देश बनाउनकै लागि होला भन्ने ठानेर माओवादीलाई जनयुद्धपछिको चुनावमा पहिलो पार्टी बनाइदिएर पुरस्कृत गर्ने पनि हामी नेपाली जनता नै हौं।

विडम्बना नै भन्नुपर्छ, अहिले हामी यिनै पार्टीका नेताहरू गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, केपी ओली, शेरबहादुर देउवा, कमल थापा आदिलाई देश डुबाउने खलनायकका रूपमा हेरिरहन बाध्य छौं। किनभने हामी जनतामाथि यिनीहरूले धेरै ठूलो धोका दिएकै हुन्। प्रजातन्त्रको पनस्र्थापनापछिको लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा हामीलाई यी नेता र यिनीहरूले हाँकेका पार्टीबाट भइरहेका पटक–पटकको धोकालाई सम्झेर नै अहिले हामी कसलाई भोट दिने भन्दै अलमलिएका हौं। तसर्थ अहिलेको चुनावमा हामी कदापि चुक्नुहुँदैन। यसपटकको चुनावमा पनि हामी गम्भीर नहुने हो भने फेरि पनि यिनीहरूले हामी जनतालाई सार्वभौम नबनाई रैती नै बनाएर शासन गर्ने निश्चित छ।

राजनीति भनेको राजनीतिक पार्टीले नै गर्ने हो भन्दै हिजो उनीहरूले गरेका सयौं गल्तीहरूलाई पनि माफ दिएर हामी जनताले नेपालका राजनीतिक पार्टीहरूमाथि देखाएको सद्भावलाई पटक–पटक कमजोरीको रूपमा लिएका कारणले पनि यसपटक सबक नसिकाई भएको छैन। हामी सोझा जनतालाई राजनीतिक पार्टी र नेताहरूले गर्दै आएको व्यवहार हेर्दा उनीहरूको नजरमा हामी जनता महामूर्ख मात्र नभई बेबकुफ नै हौंला जस्तो लाग्छ।

उनीहरूको नजरबाट हेर्दा उनीहरू गलत छन् भन्ने जस्तो पनि लाग्दैन। किनभने हिजो तीन–तीनपटक प्रधानमन्त्री भइसक्दा मुलुक र जनताको हितमा बिर्सनै नसक्ने त्यस्ता के काम गर्नुभएको थियो र शेरबहादुर देउवालाई दुई–दुई ठाउँबाट चुनाव जिताएर हामीले चौथोपटक प्रधानमन्त्री बनाउन भूमिका खेल्नुपरेको ? त्यत्रो आशाको केन्द्र बन्नुभएका पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा देश र जनतालाई त्यस्तो के गुण लगाउनुभएको थियो र फेरि चुनाव जिताएर दोस्रोपटक पनि प्रधानमन्त्री बनाउन हामी मरिहत्ते गरी लाग्नुपरेको ?

चुनाव जति नजिकिँदै छ, राजनीतिक पार्टी र नेताहरूबाट एकपछि अर्को धोका पाउँदै आएका जनता फेरि एकपटक कसलाई, किन र कसरी भोट हाल्ने भन्ने कुरामा अलमलिन थालेको देखिन्छ। जुन कुरा स्वाभाविक पनि हो। किनभने अहिले पनि जनता चुनावी मैदानमा हिजो आफलाई धोका दिने नेताहरूकै अनुहार, बोली, आश्वासन र भाषण हेर्न अनि सुन्न बाध्य छन्।

चुनावअघि आफ्नो घोषणापत्रमै ‘संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र’ भन्ने पार्टीले भोट लिएर चौथो ठूलो शक्ति बनेपछि जनताको मतलाई अपमान गर्दै गणतान्त्रिक संविधानमा हस्ताक्षर गर्ने, विदेशीको इशारामा राष्ट्रका जनतालाई कष्ट हुने गरी आफ्नै देशको सीमामा धर्ना दिएर नाकाबन्दी गर्ने पार्टीहरूलाई हामी जनताले यो वा ऊ तन्त्रको नाममा कति हामीमाथि शासन गर्न दिइरहने ? सोच्ने बेला आएको छ। अब हामी जनताले बुभ्mनुपर्ने दिन आइसकेको छ। आफ्नो तुच्छ व्यक्तिगत स्वार्थका लागि राजनीति गर्ने राजनीतिक पार्टीहरूले हामी जनतालाई जतिसुकै सार्वभौम गराउने रट लगाए पनि हामी सार्वभौम हौं भनेर हाम्रो शक्ति देखाउने त्यही चुनावको दिन मात्र हो। अतः हामी सर्वसाधारण जनतामा रहेको राज्यगत सर्वोच्च शक्तिको प्रयोग हुनबाट यसपटक हामी कदापि चुक्नुहुँदैन।

अहिले तपाईं–हाम्रो घर–आँगनमा हाम्रो मत लिन अनेक नाटक गर्दै नेताहरू आउने क्रम शुरु भइसकेको छ। तसर्थ उनीहरूको कुरा सुन्नुभन्दा पहिले हिजो हामीलाई दिएका आश्वासनहरूको हिसाबकिताब मागौं। उनीहरूले यसरी नै हिजो हामीसँग भोट माग्दा गरिएका प्रतिबद्धताहरूको फेहरिस्त देखाऔं। जतिसुकै मीठा र चिप्ला कुराहरू गरेर हाम्रो मन जित्न प्रयास गरे पनि भर्खरै सकेको स्थानीय चुनावमा पार्टीहरूको प्रतिनिधित्व गर्दै भोट माग्न आएका नेताहरूको अनुहार सम्झौं। हिजो हामीलाई झुक्याउने सबै खलनायकहरूसँग बदला लिने स्वर्णिम अवसर पनि हो यो अहिलेको चुनाव। निश्चिन्त हुनुस्, जानी–नजानी फेरि पनि यिनै खलनायकहरूलाई देश चलाउने साँचो सुम्पिन पुग्यौं भने भोलि ‘यिनीहरूले फेरि धोका दिए’ भनी प्रश्न उठाउने हैसियतसमेत हामीले गुमाइसकेका हुनेछौं।

त्यसैले पनि उनीहरूलाई सोधौं– ‘खै केही महिनाअघि मात्र तिम्रै पार्टीका नेताहरूले सय दिनभित्र हाम्रो शहर–गाउँको मुहार फेर्ने संकल्पसहित मत लिएर जितेका प्रतिनिधिहरू अहिले कहाँ छन् ? के गरिरहेका छन् ? किन उठ्दैन शहरको फोहर ? किन पुरिँदैन वर्षौंदेखि खनिएका सडकका खाल्टाखुल्टी ? अभैm कहिलेसम्म हामी जनताले धूलो, धुवाँ र हिलो खाइरहनुपर्ने ? किन हुँदैन ट्राफिकको व्यवस्थापन ? खोई हाम्रो गाउँमा अहिलेसम्म बिजुली बलेको ? किन पानी आउँदैन हाम्रो धारामा ? किन दिनदहाडै सडकमा गोली हानिन्छ ? खोई हाम्रो सुरक्षा ? हाम्रो सीमा मिच्दा तिमीहरू कुन दुलोमा लुकेर बसेका थियौ ?

चित्त बुभ्mदो जवाफ र प्रतिबद्धता आएपछि मात्र कसलाई मत दिने भन्ने विचार गरौं। चित्त नबुझे विकल्प खोजौं। यसपटकको चुनावमा आफ्नो मतपत्रको बिल्कुलै दरूपयोग हुन नदिऔं। किनभने यो हिजोको चुनावजस्तो पनि होइन। कसैको इशारामा देशलाई संघीयतामा लाने नेताहरूको डिजाइनलाई लालमोहर लगाइदिने हुनेछ, यसपटक हामीले ठोक्ने मतपत्रमा छाप। तपाईं–हाम्रो सानो लापरबाहीले भारतभन्दा पुरानो इतिहास भएको हाम्रो देश छिया–छिया परेर टुक्रिन सक्छ। अति संवेदनशील छ यो चुनाव। अहिले नै हाम्रो धर्म, संस्कृति, पहिचान सबै गुमिसकेको अवस्था छ। भोलि देश नै गुमाउन नपरोस्।

LEAVE A REPLY