शाह लक्ष्मी बैंक गल्फका विजेता



 

काठमाडौं, (नेस)
विकास शाहले गोकर्ण गल्फ क्लबमा भएको लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगितामा शनिबार उपाधि जितेका छन्। ६ ह्यान्डिक्यापको ३८ स्टेबलफर्ड अंकसहित शाहले विजेता बन्न विजय श्रेष्ठ इनहाउससँग टाइब्रेकमा प्रतिस्पर्धा गर्नुपरेको थियो। दुवै खेलाडीले समान ३८ अंक जोडेका थिए। जसमा दुवैले पहिलो नौ होलमा समान १८ स्कोर गर्दा पछिल्ला नौ होलमा पनि समान २० अंक जोडेका थिए। यसपछि अन्तिम ६ होलको स्कोरको आधारमा शाहले बाजी मारे। उनले १३ स्कोर गर्दा इन्हाउसले १२ स्कोर गरेका थिए। एक खेलाडीलाई एक पुरस्कारअनुरूप इन्हाउसले उत्कृष्ट ग्रसमा उपाधि जितेका थिए।

यसैगरी लोब्साङ टाशीले ६० वर्षमाथिको सिनियरतर्फ उपाधि हात पारेका थिए। महिलातर्फ प्रतिमा शेर्पाले उपाधि हासिल गरिन्। उनले ३२ अंक जोड्दै रेखा घिमिरेलाई पछाडि पारेकी थिइन्। यस्तै टाशी घले गेस्ट विधामा र जुनियरतर्फ श्रीयोग बस्न्यात पहिलो भएका थिए। लंगेस्ट ड्राइभमा नोर्बु शेर्पा, मोस्ट बर्डीमा फुन्टशोक एन लामा, क्लोजेस्ट टु द पीनमा इन्हाउस उत्कृष्ट बनेका थिए। तर हुन्डाई ग्रान्ड पुरस्कार कसैले पाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस्