एचआईभी सार्नेलाई २४ वर्षको जेल सजायँ



 

वासिंटन, (एजेन्सी)
अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले उत्तर कोरियाबाट परमाणु हमलाको खतरा बढिरहेको बताएका छन्।

दक्षिण कोरियाको भ्रमणमा रहेका मेटिसले यदि उत्तर कोरिया परमाणु हतियार प्रयाग गर्छ भने उसले ब्यापक सैन्य कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

यसैबीच उत्तर कोरियाले दक्षिण कोरियाको माछा मार्ने एउटा डुंगा फिर्ता गरेको छ। उत्तर कोरियाले उक्त डुंगा अवैध रूपमा उसको जल सीमामा प्रवेश गरेको बताएको छ।

दक्षिण कोरियाका अधिकारीहरूले उक्र डुंगाका १० चालकलाई शुक्रबार रिहा गरिएको पुष्टि गरेका छन्। यो घटना त्यतिबेला आएको हो जुन बेला त्यस क्षेत्रमा तनावको स्तर उत्कर्षमा रहेको छ। दुबै पक्ष लगातार सैन्य अभ्यास गरिरहेका छन्। मेटिसलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले भने– ‘उत्तर कोरियाले आफ्नो अनावश्यक क्षेप्यास्त्र परीक्षण र परमाणु कार्यक्रमका कारण आफ्ना छिमेकी र बाँकी विश्वका लागि खतरा बढाइरहेको छ।
उनले अमेरिका र दक्षिण कोरियाबीचको सुरक्षा सहयोग नयाँ आपतकाल स्थितिका लागि तयार रहेको बताए। वासिंटनले परमाणु हतियार सम्पन्न उत्तर कोरियालाई स्वीकार नगर्ने पनि उनले प्रष्ट पारे।

अमेरिकी रक्षामन्त्री दक्षिण कोरियासँग वार्षिक रक्षा वार्ताका लागि सोल पुगेका हुन्। नोभेम्बरमा अमेरिकी राष्ट्रपतिले पनि आफ्नो एसिया भ्रमणका क्रममा दक्षिण कोरियाको भ्रमण गर्नेछन्।

गत सेप्टेम्बरमा उत्तर कोरियाले आफ्नो छैठौ परमाणु बमको परीक्षण गरेका थिए। उक्त हाइड्रोजन बम उसको अहिलेसम्मको सबैभन्दा शक्तिशाली परमाणु बम हो। एक अनुमानअनुसार उक्त बमको क्षमता ५० देखि १ सय २० किलोटन छ। ५० किलोटन कमको आकार सन् १९४५ मा हिरोसिमामा खसालिएको परमाणु बमभन्दा तीन गुणा बढी शक्तिशाली हुन्छ।

उत्तर कोरियाले कयौं क्षेप्यास्त्र परीक्षण गरेको छ र अगस्ट–सेप्टेम्बरमा दुई अन्तरमहाद्विपीय क्षेप्यास्त्रको परीक्षण जापानको माथि गरिएको थियो। यसबीच दक्षिण कोरियाले आफ्नो सुरक्षाका लागि अमेरिकी थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गरेको थियो।

यसै महिनाको शुरूआतमा अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्विपको जल सीमामा एक संयुक्त सैन्य अभ्यास पनि गरे। जसमा लडाकू विमान, विमान वाहक युद्धपोत र विध्वंशक बेडाहरू समावेश गरिएको थियो।

उक्त सैन्य अभ्यासको प्योङयाङले विरोध गरेको थियो र त्यसलाई युद्धको पूर्वअभ्यास भएको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्