गगन थापा कांग्रेस प्रवक्ता हुन अयोग्य



काठमाडौं  । गगन थापा प्रवक्ता नियुक्त हुन अयोग्य रहेको खुलेको छ । केही दिन यता नेपाली कांग्रेसका नेता गगन थापालाई पार्टीको प्रवक्ताका रुपमा ब्यापक प्रचार गरिएको छ । कांग्रेसकै नेताहरुले समेत थापालाई बधाई दिइरहेका छन् । तर उनि अयोग्य रहेको कांग्रेस नेताहरुलेनै बताएका छन । गगनले आफैं प्रवक्ता हुने भन्दै समाचार लेखाएको भन्दै केही कांग्रेस नेताले उनि प्रबक्ता हुनै नसक्ने बताएका हुन ।

नेपाली कांग्रेसको बिधानअनुसार उनी प्रवक्ता नियुक्त हुन अयोग्य छन् । प्रवक्ता हुन निर्वाचित केन्द्रीय सदस्य वा पदाधिकारी हुनुपर्ने प्रावधान छ । थापा महामन्त्रीमा पराजित भएपछि केन्द्रीय सदस्य मनोनित भएका हुन् । मनोनित भएकोले पनि उनि बिधान अनुसार उनी प्रवक्ता हुन सक्दैनन् । तर पनि थापाले प्रवक्ता हुने प्रयास गरेर मिडिया लबिङ गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रवक्ताका लागि प्रकाशशरण महत, बालकृष्ण खाँड र एनपी सावतबीच प्रतिस्पर्धा छ । तीनै जना पार्टी सभापति शेर बहादुर देउवाका बिश्वासपात्र नेताहरु हुन् । गगन थापा कृष्ण प्रसाद सिटौला गुटका भएकाले पनि उनको सम्भावना नभएको कांग्रेस नेताहरु बताउछन् ।

पछिल्लो समय थापा देउवा निकट हुन प्रयासमा रहेको र त्यही क्रममा देउवाले उनलाई प्रवक्ताको जिम्मेवारी दिने आश्वासन दिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्