पूर्वराजा र धुपौरे



केही दिनयता मुलुकको राजनीति तरंगित भएको छ। पूर्वराजा ज्ञानेन्द्रले अहिले दल सिल्ली भएकाले अब देशको नेतृतव लिन आफू तयार भएको बताएपछि राजनीति एकाएक तरंगित हुन पुगेको छ।

दुईदुई पटक राजा हुँदा पनि नपुगेर पूर्वराजा ज्ञानेन्द्रले बोलेको वाणी सुनेर धरहरा पनि तीन छक परेको छ भन्या। सत्ता भनेको अचम्मको चिज रहेछ। जति शासन गरे पनि नपुग्ने। हैन हिजो जनताले पुरै चक्रपथ घेरेर सत्ताबाट हटेका राजाको पछिल्लो अभिव्यक्तिपछि केही राजावादीहरूले देखाएको चुरीफुरीले धरहरा हास्दा हास्दा मुर्छित भएको छ। बाच्नुमात्र पर्छ के के देख्न पाइन्छ पाइन्छ।

जनताले अब तिमी राजा होइन, जनता भएर बस भनेर दिएको जवाफलाई भुलेर पूर्वमहाराजबाट भएको त्यो महान्वाणीले कसलाई कहाँ पुर्याउने हो केही भन्न नसक्ने अवस्थामा धरहरा पुगेको छ है पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्