ट्रम्पको आरोप



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु हतियार निर्मूल पार्ने अमेरिकी प्रयासमा चीन सहयोगी भइरहेको बेला रुसले भाँजो हालिरहेको आरोप लगाएका छन्। फक्स बिजिनेस नेटवर्कलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले यदि रुससँग अमेरिकाको राम्रो सम्बन्ध रहने हो भने उत्तर कोरियाको मुद्दा सहजै समाधान हुने बताए। चीनले आफूलाई सहयोग गरिरहेको तर रुसले उनीहरुको प्रयासलाई असफल पार्न अर्को मार्ग अवलम्बन गरिरहेको ट्रम्पले बताए। ट्रम्पले चीनलाई उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम नष्ट गर्न सहयोगका लागि दबाब दिँदै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्