कारावास सजाय



जोहान्नेसवर्ग, (एजेन्सी)
दक्षिण अफ्रिकामा कालाजातिका एक व्यक्तिलाई जबरजस्ती कोफिनमा कोचेको अभियोगमा दुई जना गोरा कृषकलाई शुक्रबार जनही १० वर्षभन्दा लामो कारावास सजाय तोकिएको छ। थियो मार्टिन्स ज्याक्सन र विल्लेम ओस्थुइजेनलाई गत अगस्टमा यस घटनालाई लिएर हत्या प्रयास र अपहरणको अभियोग लगाइएको थियो। तिनीहरुले भिक्टोर लोत्स्वा नामक व्यक्तिलाई बिना अनुमति आफ्नो भूमिमा प्रवेश गरेको निहुँमा कुटपिट गरी कोफिनभित्र राखेर जिउँदै जलाइदिने चेतावनी दिएका थिए। ओस्थुइजेनलाई ११ र ज्याक्सनलाई १४ वर्षको जेल सजाय तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्