नेपाली फिल्मको हावा राम्रो चलेको छः



हरिवंश आचार्य
ख्यातिप्राप्त हास्य जोडी मह लामो समयको अन्तरालपछि पुनः फिल्म निर्माणमा फर्केको छ। केही दिनअघि मात्र फिल्म शत्रुगतेको घोषणासँगै फिल्म निर्माण शुरू गरेको फिल्म युनिट यतिबेला वीरगजन्मा छ। लालपुर्जा, भकुण्डे भूत, भाइरस, दशैं, वनपाले, १५ गते, मदनबहादुर हरिबहादुरलगायत विभिन्न टेलिसिरियलमार्फत् लोकप्रियता कमाएको यस जोडीले एक समय जे भो राम्रै भो, तँ त साह«ै बिग्रिस् नि बद्री, फिलिमलगायतका ठूलो पर्दाका फिल्म निर्माण गरेको थियो। अहिले भने लामो समयको अन्तरालपछि दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसीका साथ शत्रुगते निर्मँण गरिरहेको छ। यसै मेलोमा हास्य अभिनेता हरिवंश आचार्यलाई गरिएको ५ प्रश्न यहाँ प्रस्तुत गरिएको छः
रश्मी थापा

लामो समयपछि फेरि कसरी फिल्म निर्माणमा फर्कनुभयो?

अहिले नेपाली फिल्मको हावा राम्रो चलिरहेको छ। मह सञ्चारले पहिले पनि जे भो राम्रै भो, त त साह«ै बिग्रिस नि बद्री, फिलिमलगायतका फिल्म निर्माण गरेको हो। तर त्यो बेला हेरिकन अहिले नेपाली फिल्म नयाँ चरणमा प्रवेश गरेको छ। यसरी हेर्दा फिल्मको लगानी सुरक्षित हुने समय छ। यस कारण पनि यस्तो युगको उपयोग गर्नुपर्छ भनेर फिल्म निर्माणमा आएका हौँ।

शत्रुगते भनेको के हो ?

यो एउटा सामाजिक फिल्म हो। यसमा सिचुयसन बेस्ड कमेडीको प्रयोग गरिएको छ। हास्य फिल्म नै हो भन्नुभन्दा पनि कथाले मागेको ठाउँमा कमेडी प्रयोग गरेर फिल्मलाई राम्रो बनाउने प्रयास गर्दै छौँ। यो ह्युमर बेस्ड फिल्म हो।

पहिले पहिलेको फिल्म निर्माणको क्षेत्र र अहिलेको फिल्म निर्माण क्षेत्रमा के फरक पाउनुभयो?

अहिलेको फिल्मले नयाँ युग पाएको छ। विषेश गरी त डिजिटल प्रविधिको विकास भएको छ। पहिले १६ एमएममा खिचिएको फिल्म ३५ एमएममा तन्काएर देखाउँदा पिक्चर धमिलो हुन्थ्य, तर अहिले सिनेमाको क्वालीटी राम्रो भएकाले नेपाली सिनेमा टेक्निकल्ली संसारका कुनै पनि सिनेमासँग प्रतिस्पर्धा गर्न सक्ने भइसकेका छन्। पहिले नेपाली समाजमा एउटा त्यस्तो वर्ग थियो, जुन वर्गले नेपाली सिनेमा हेर्दै हेर्दैनथे।तर अहिले राम्रो सिनेमा जुनसुकै वर्गले पनि हेर्छन्। पहिले टिकटको मूल्य पनि निकै कम थियो। तर अहिले त्यस्तो छैन। नेपाली दर्शकको क्रयशक्ति पनि बढेको छ।

यो फिल्ममा हास्य कलाकारिताको क्षेत्रमा नाम कमाएका कलाकारहरुको ठूलो जमघट छ । काम गर्न र गराउन कस्तो लागिरहेको छ?

संसारमा अहिले ह्युमरको युग चलिरहेको छ। ह्युमरको युग भनेको हाम्रो युग हो। अहिले संसारकै दर्शकहरु सिनेमा हेर्दै हास्न चाहन्छन्। हाम्रो फिल्म पनि ह्युमर बेस्ड भएकाले यसमा हास्य कलाकारको जमघट त हुने नै भयो। काम गर्न पनि गाह«ो छ र गराउन पनि गाह«ो छ। म पनि आफ्नो काम गरिरहेको छु र काम गराउने जिम्मा चाहिँ निर्देशक प्रदीप भट्टराईले लिनुभएको छ। स्कृप्टमा हामी सबै कलाकारहरु मिलेर मेहनत गरिरहेका छाँै र हाल हामी जितपुरको बागवान भन्ने ठाउँमा छौँ। यहाँका मानिसहरु निकै सहयोगी हुनुहुँदोरहेछ। त्यस कारण पनि हामीलाई काम गर्न सहज भइरहेको छ।

यो फिल्म चाहिँ मह जोडी आफैंले किन निर्देशन नगरेको?

मैले पनि जे भो राम्रै भो नामक चलचित्र निर्देशन गरेको थिएँ। तर अहिलेका पुस्ता हामी भन्दा निकै ट्यालेन्ट छन्। उनीहरुसँग उमेरसँगै नया जोश जाँगर छ र हामीभन्दा धेरै खट्न सक्छन्। नयाँ युवाहरुले गरेको कामको क्वालीटी राम्रो हुने भएकाले हामीले जात्राका निर्देशक प्रदीप भट्टराईलाई निर्देशन गर्न दिएका हौँ।

प्रतिक्रिया दिनुहोस्