वजनियाकीसँग हालेप पराजित



 

लन्डन, (एजेन्सी)
कारोलिन वजनियाकीले विश्व नम्बर एक सिमोना हालेपलाई हराएर डब्लुटीए फाइनल्सअन्तर्गत सेमिफाइनलमा स्थान पक्का गरेकी छन्।

महिला टेनिसअन्तर्गत वर्षमा हुने अन्तिम प्रतियोगितामा डेनमार्ककी वजनियाकी रातो समूहबाट अन्तिम चारमा पुगेकी हुन्। वजनियाकीले रोमानियाकी हालेपलाई ६–०, ६–२ ले हराएकी थिइन्। यसअघि समूहको पहिलो खेलमा उनले एलीना स्विटलीनालाई पराजित गरेकी थिइन्। यो जितपछि वजनियाकीको विश्व नम्बर एक हुने सम्भावना बढेको छ। यो वर्षको अन्त्यसम्म पाँच महिला खेलाडी विश्व नम्बरमा पुग्न प्रतिस्पर्धामा रहेका छन्।

यसैगरी कारोलीना पिलीस्कोभा र भेनस विलियम्स सेतो समूहबाट अन्तिम चारमा पुगेका छन्। ३७ वर्षीया भेनसले आफ्नो प्रभावशाली प्रदर्शन जारी राख्दै गार्बिन मुगुरुजालाई ७–५, ६–४ ले पन्छाएकी हुन्। गएको विम्बल्डन फाइनलमा भेनस मुगुरुजासँग फाइनलमा पराजित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्