आगरामा स्विस दम्पती पिटिए



 

नयाँदिल्ली, (एजेन्सी)
भारतको आगरादेखि ४४ किमि टाढाको फतेहपुर सिकरी स्तम्भमा एक स्विस दम्पतीलाई सांघातिक आक्रमण भएको भारतीय प्रहरीले बिहीबार जनाएको छ। एकजना वरिष्ठ प्रहरी अधिकारीले चारजना व्यक्तिले आइतबार आगरा जिल्लामा भएको सामान्य विवादपछि क्वेन्टिन जेरेमी क्लेर्क र म्यारी ड्रोजलाई आक्रमण गरेको बीबीसी हिन्दलाई जानकारी दिएका छन्।

स्थानीय सञ्चार माध्यमले पुरुषको खोपडी फुटेको उनकी पत्नीको हात भाँचिएको जनाएको छ। तिनीहरुको राजधानी दिल्लीस्थित एउटा अस्पतालमा उपचार भइरहेको छ।

तर अझैसम्म यस घटनालाई लिएर प्रहरीले कसैलाई गिरफ्तार गरिसकेको भने छैन। ती दम्पतीले ती अज्ञात पुरुषहरुले आफूहरुको तस्वीर खिच्न थालेपछि भनाभन शुरु भएको दि टाइम्स अफ इन्डियालाई जानकारी दिएका छन्।

प्रहरीले तिनीहरुले स्विस युवतीलाई आफूहरुसँग सेल्फी खिच्न जबर्जस्ती गरेको अनुसन्धानबाट पत्ता लगाएको छ। यी दम्पतीलाई लठ्ठीले पिटनुअघि तिनीहरुले लगातार एक घन्टासम्म पछ्याएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्