बिदैबिदाको देश



सरकार विचित्रको छ। देश शेरबहादुरमय भएको छ। जता हेरे पनि शेरबहादुरको समर्थन अनि तीव्र विरोध अहिले मुलुकमा चलेको राजनीति पनि यही हो।

नेपाल चार जात छत्तीस वर्णको फूलबारी भनेर पृथ्वीनारायण शाहले भनेको सुनेको हो। लोकतन्त्र आएपछि यो झन मौलाउँदो अवस्थामा रहेको छ।

सरकारले हरेक जातिको राष्ट्रिय पर्वमा बिदा दिने गरेको छ। यो मनासिव हो तर सरकारले कही नभएको जात्रा हाँडीगाउँमा भनेझैं छट पर्वको अवसरमा २ दिन बिदा दिएर कसलाई खुसी पार्न खोजेको हो धरहराले बुझेको छैन।

यो धरहराले आजसम्म छटमा २ दिन बिदा भएको सुनेको थिएन तर शेरबहादुर दाइको सरकारले २ दिन बिदा ठोकिदियो। कामचोर कर्मचारीलाई त क्या मज्जा तर सेवाग्राहीलाई परेको कर्मा कसले बुझ्ने खै⁄ जनता जनता नै हुन धेरै बोल्यो भने पोल्छ है पाठकबृन्द बाँकी आफैं बुझ्नुहोला।

प्रतिक्रिया दिनुहोस्