निर्वाचन रोक्ने काम भयो भने संसद स्वत पुनःस्थापित हुन्छ : प्रचण्ड



काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  निर्वाचन नभए देशमा संवैधानिक संकट पैदा हुने बताएका छन् । प्रचण्डले चुनाव सार्ने खेल भए विघटित संसद स्वतः पुर्नस्थापीत हुने नयां तर्क अघि सारेका छन् । राजधानीमा आयोजित पुस्तकको बिमोचन कार्यक्रममा बिहिवार बोल्दै प्रचण्डले  प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सारिए संसद पुर्नस्थापना हुने दाबी गरे । ‘अदालतलाई सबै कुरा थाहा छ, निर्वाचन प्रक्रिया सुरु भई  मनोनयन समेत दर्ता भइसकेकाले संसद विघटन  गरिएको हो,यदी निर्वाचन रोक्ने काम भयो भने संसद स्वत पुनःस्थापित हुन्छ ।’ उनले कार्यक्रममा भने । पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले सरकार निर्वाचन नगर्ने षडयन्त्रमा लागेको भन्दै यदी त्यसो गरिए देशमा ठुलो दुर्घटना हुने चेतावनी समेत दिए । उनले परिवर्तनकारी शक्ति मिलेकाले त्यसलाई कमजोर पार्न शक्तिकेन्द्रहरु षडयन्त्रमा लागेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्