राप्रपाका पूर्वकेन्द्रीय कोषाध्यक्ष केसी एमाले छाडेर एकाएक कांग्रसमा प्रबेश !



काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका पूर्वकन्द्रीय कोषाध्यक्ष तथा पूर्वसभाषद् सूर्यबहादुर केसी कांग्रेसमा प्रवेश गर्ने भएका छन् । बिगत तीन वर्षदेखि राप्रपा छोडेर निष्कृय बसेका केसी आउँदो ११ गते कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ । आफनो बिचार डेम्रोक्रेटीक एलायन्सँग मेल खाएकाले आफूले सो समूहलाई सर्मथन गरेको जनाउँदै केसीले कुरा मिले ११ गते प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पोखरा आएको बेला पार्टी प्रवेश गर्ने जानकारी दिए । यसअघि एमालेमा प्रबेश गर्ने मनस्थिति बनाएका केसीले वाम गठबन्धन प्रक्रियासँगै आफू पछि हटेको बताए । उनले भने, ‘मन तन र बचनले एमाले प्रबेश गर्ने निश्चय गरेको थिएँ, माओवादीसँगको गठबन्धन मन परेन, बाटो बाटो परिवर्तन गरेँ ।’ विहिबार पोखरामा पत्रकार सम्मेलन गदै केसीले आफू बिगत लामो समयदेखि राजनीति देखि टाढा बस्दै आएको भएपनि हाल आएर आफूलाई अनिर्णयको बन्दी भएर बस्न मन नलागेर पुनः सक्रिय राजनीतिमा फर्कन चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्