यादव एसिया तथा प्रशान्त क्षेत्रका विकास वित्तीय संस्थाको अध्यक्ष



काठमाडौं, (नेस)
एनआईडीसी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख शिवाजी राय यादव एसिया तथा प्रशान्त क्षेत्रका विकास वित्तीय संस्थाको अध्यक्षमा निर्वाचित हुनुभएको छ।
संस्थाको ८६औं सञ्चालक समितिको बैठकले यादवलाई अध्यक्षमा निर्वाचित गरेको हो।

समितिको उक्त बैठक मलेसियामा बसेका थियो। फिलिपिन्सको मनिलामा रहेको उक्त संस्थामा ३९ राष्ट्रका १ सय ६ संस्था
सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्