जनकपुरमा छठको तयारी पूरा



अमरेन्द्र कुमार यादव, जनकपुरधाम ।
मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व तयारी जनकपुरधाममा पूरा भएको छ।

नियम निष्ठा र विधिपूर्वक मनाइने साझा सांस्कृतिको रूपमा रहेको छठ पर्वका लागि आवश्यक पर्ने सामग्रीको जोहो गर्ने र किनमेल गर्ने कार्यमा सर्वसाधारण स्थानीय हाटबजारमा व्यस्त भएको देखिएका छन्। मिथिला क्षेत्रमा मनाइने छठ सोमबारबाट विधिवत् रूपमा शुरु भएको छ।

जनकपुरसहित देशभरि तथा भारतीय राज्य विहारमा भव्यतापूर्वक मनाइने छठ पर्वको तेस्रो दिन बुधबार ब्रतालुहरूले राति सख्खरमा बनाइएको खिर खाने विधिलाई खरना भन्ने गरिन्छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो खरना, तेस्रो दिन अस्ताउ“दो र चौथो दिन उदाउ“दो सूर्यलाई अर्घ दिएपछि विधिवत रूपमा समापन हुनेछ। छठ पर्व व्रत अवधिभर माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्यवस्तुहरू अनिवार्य रूपमा बार्ने गरिन्छ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई नहाय–खाय भन्ने गरिन्छ। प्राय बढीजसो महिलाहरूले मनाउने यस छठ पर्वमा पर्व प्रारम्भ भएस“गै चोखो र चनाखो भएर सम्पूर्ण विधिहरू गर्नुपर्ने मान्यता रही आएको क्षीरेश्वरनाथ नगरपालिका –५ महेन्द्रनगरका सुधा सिंह बताउ“छिन्।

भगवान सूर्यदेवको उपासना गरिने छठमा व्रतालुले व्रत सकंल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, अर्तकपात बदही, दूध, माटोको हात्ती, ढकनी चढाउने परम्परा रहेको छ। छठ पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन एक बिहानै नुहाईधुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउ“दो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ। तराई–मधेशमा यस विधिलाई सा“झको अर्घ अर्थात् ‘सझुका अर्घ’ भनिन्छ। पोखरी, इनार, तलाउ, नदी आदि ठाउ“हरूमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउ“दो सूर्यलाई सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ। बिहानको उदाउ“दो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अर्घ’ भनिन्छ।

साथै छठ पर्वका लागि आवश्यक सामग्री किनमेलका लागि जनकपुरलगायत स्थानीय हाटद बजारमा सर्वसाधारणको चहलपहल बढेको छ। छठमा चाहिने आवश्यक सामग्रीहरू केरा, दाउरा, सुप्पा, ढाकी, धुप, उखु, भन्टा आदि सामान किन्न आउने तथा बेच्न जानेको खुट्टा बजारमा चहलपहल बढेको हो। खास गरी तरकारी बजारहरूमा छठ पर्वको अधिकांश सामग्रीहरू पाउने भएको कारणले तरकारी बजारमा सर्वसाधारणको भीड बढेको छ।

जनकपुर तथा धनुषा जिल्लाकै प्रसिद्ध बजार सखुवा बजारमा प्रत्येक वर्ष झै यस वर्ष पनि भारतको हाजिपुरबाट तथा मधेशकै सबैभन्दा बढी केरा उत्पादन हुने ठाउँसप्तरीको भारदहलगायतका स्थानबाट केरा ल्याइएको छ भने केराको एक घरीको २ सय देखि ५ सयसम्ममा बिक्री हु“दै आएको छ। बा“सका डाला, नाङ्लो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायत छठ पर्वमा आवश्यक पर्ने नरिवल, सख्खर किनमेल गर्न सर्वसाधारण व्यस्त रहेका छन्।

मुख्यतः सन्तान प्राप्ती, रोगनिदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर अग्नीकुण्ड, रत्नसागर, बाल्मीकिसरलगायतका दर्जनौ पोखरी र सरोवरहरू विभिन्न संघ संस्था र युवाहरूले सरसफाई गरि बिजुली, पण्डाल लगायतका व्यवस्था मिलाई छठ घाटलाई बेहुलीझै सिगार्ने कार्यमा व्यस्त छन्।

प्रतिक्रिया दिनुहोस्