छोराले रुवायो राजनेतालाई



मुलुकका ठूला राजनेताहरू छोराबुहारीका कारण कोही सफल भएका छन् कोही छोराबुहारीकै कारण बदनाम पनि भएको धरहराले सुन्दै र देख्दै आएको पनि छ ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र र माओवादीका सर्वमान्य नेता प्रचण्ड छोराका कारण बदनाम मात्र भएका छैनन्, आलोचनाको पात्रसमेत भएका छन्। पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिन जति सजिलो भएको थियो छोरा पारसलाई युवराज घोषणा गर्न दशैं नै कुर्नुपरेको थियो। जब पारस युवराज भए उनले गरेको बितण्डाका बारेमा धरहराले केही भनिरहनुपर्ला र ? पाठकवृन्द आफै जानकार हुनुहुन्छ।

प्रचण्ड पुत्र प्रकाश दाहालले पारसलाई पनि छायामा पार्दै विवादको भुमरीमा परेर बाबुले हासिल गरेको उचाइलाई पटक पटक खाल्डोमा हाल्ने काम गरे ।

त्यतिमात्र नभएर प्रकाशकी कान्छी पत्नी बिना मगर श्रीमान्को पथप्रदर्शक बन्दै वाम एकतालाई खलल पु¥याउन उनले खेलेको भूमिकाले कामरेड प्रचण्डलाई फेरि एक पटक विवादमा ल्याउने काम हुँदै गरेको धरहराले महसुस गरेका छन्। राजनीतिमा सफल भए पनि प्रचण्ड कमरेड छोरा बुहारीबाट भने कहिल्यै सफल नहुने हो कि भन्ने डर धरहरालाई छ है पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्