ईपीएलसँग टीभीएसको सम्झौता



 

काठमाडौं, (नेस)
ईपीएल प्रालिले एभरेस्ट प्रिमियर लिग (ईपीएल) को मुख्य प्रायोजकमा टीभीएस मोटर्स कम्पनीसँग मंगलबार सम्झौता गरेको छ।

ईपीएल प्रालि र टीभीएसको नेपाली डिस्ट्रिब्युटर जगदम्बा मोटर्स प्रालिबीच एक वर्षको सम्झौता भएको हो। जसको रकम खुलाइएको छैन। ईपीएलको तर्फबाट प्रबन्ध निर्देशक अमिर अख्तर र जगदम्बा मोटर्सका तर्फबाट प्रबन्ध निर्देशक शाहिल अग्रवालले सम्झौता पत्र आदानप्रदान गरेका थिए। अख्तरले आपसी समझदारमा सम्झौता भएको हुँदा रकम नखुलाएको बताएका थिए। तर उनका अनुसार ईपीएलको म्यान अफ दी सिरिजलाई टीभीएसको एक थान मोटरसाइकल दिइने सम्झौता रहेको छ।

आगामी डिसेम्बर १९ बाट कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय त्रिभुवन विश्वविद्यालय (टीयु) मैदानमा ईपीएल शुरू हुनेछ। प्रतियोगितामा नेपालका विभिन्न शहरका ६ टोलीले सहभागिता जनाउनेछन्। सोमबार मात्रै पनि ईपीएलका लागि सहभागी ६ टोलीले १०⁄१० खेलाडी किनेका थिए। यस प्रतियोगिताको विजेताले अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम २१ लाख नगद प्राप्त गर्नेछ। प्रतियोगिता पुष १६ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्