न्युयोर्कमा भ्यापिङ प्रतिबन्धित



 

वासिङ्टन, (एजेन्सी)
अमेरिकाको न्युयोर्क राज्यका सार्वजनिकस्थलहरूमा विद्युतीय धुम्रपान अर्थात् भ्यापिङमाथि प्रतिबन्ध लगाइने भएको छ। ३० दिनभित्र कानुनको रूप लिने यस नयाँ नियमले भ्यापिङलाई सामान्य धुम्रपानकै दर्जामा राख्न लागेको हो। रेस्टुरेन्ट, बार र कार्यालयहरूमा पनि भ्यापिङ प्रतिबन्धित हुने भएको छ।

सन् २००३ मा इन्डोर सार्वजनिकस्थलमा पनि धुम्रपान प्रतिबन्धित गर्ने न्युयोर्क अमेरिकाको पहिलो राज्य भएको थियो। वास्तविक धुम्रपानमाथि कडा नियम लगाइन थालेपछि अमेरिकामा भ्यापिङ अर्थात ई–सिगरेट निकै लोकप्रिय हुन थालेको थियो।

तर यस नयाँ नियमको असर सापेक्षिक रूपमा सानो हुने भएको छ। न्युयोर्क सिटीलगायत थुप्रै क्षेत्रमा पहिलेदेखि नै भ्यापिङमा प्रतिबन्ध लगाइएको छ। न्युयोर्क सिटीमा सन् २०१३ मा प्रतिबन्ध लगाइएको थियो। दि न्युयोर्क टाइम्सले राज्यको ७० प्रतिशत महानगरपालिकाले त्यहाँ भवनभित्रका सार्वजनिक स्थानहरूमा समेत भ्यापिङमाथि पहिल्यै प्रतिबन्ध लगाइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्