दरबारमार्ग क्याफेमा प्रियंकाको आलिङ्ग नमा आयुष्मान



 

चाहे जो आओस् फिल्ममा हुइयाँको नम्बर वन हिरोइनचाहिँ प्रियंका कार्कीकै नै हुन् । त्यसैले रिल लाइफमा जस्तै रियलमा पनि चटपटे स्वभावकी प्रियंका जहाँ पुग्छिन्, यो अदृश्य हुइयाँँ पनि पुच्छर हल्लाउँदै त्यहाँ पुगिहाल्छ ।

एक दिन यो हुइयाँ प्रियंकालाई पछ्याउँदै दरबारमार्गस्थित शेर्पा मलको जन्जिवार क्याफेमा छिर्यो । अरे यो के झुस्स दारी पालेका एक ह्यान्डसम पनि प्रियंकासँगै पो छन् त ? हुइयाँलाई आश्चार्य नै लाग्यो यो सुटिङ हो कि रियालिटी भन्या ? प्रियंका त तिनै पातले ह्यान्डसमको अंगालोमा पो छिन् त ? हुइयाँ त हेरेको हेर्यै भयो पटकपटक प्रियंका र ती ह्यान्डसम अंगालोमा बाँधिएर चुम्माचाटीदेखि के के गरिरहेका छन् छन् बा ? प्रियंका पटकपटक सोफामा पल्टिएर प्रेमीलाई अंगालोमा कसिरहेकी थिइन्, हुइयाँँ हेरेको हेर्यै भइरहेको थियो ।

पहिले त हुइयाँँले सोच्यो क्यामरा कतै लुकाएर सुटिङ कार्य चलिरहेको छ । तर जति खोज्दा पनि कतै क्यामरा नदेखिएपछि हुइयाँ निश्चित भयो यो कुनै सुटिङ होइन, वास्तविक मायाप्रेम नै हो । प्रियंका सार्वजनिक ठाउँमा खुलमखुला प्रेमीको अंगालोमा ? हुइयाँलाई विश्वासै भएन । विश्वास नगरी सुख पनि थिएन । झन्डै ढेड घण्टासम्म त्यही प्रक्रिया दोहोरिरहेपछि र अझै थप के के हुन थालेपछि हुइयाँलाई लाज मात्रै लागेन, यसलाई त्यहाँबाट अन्यत्र जानुपर्ने अवस्था नै आयो । हुइयाँँले क्याफे छोड्नुअगाडि मात्र प्रस्टसँग देख्यो प्रियंकाको अंगोलमा रहेका अरू कोही नभएर नवनायक आयुष्मान देशार रहेछन् । देख्नेहरूले त प्रियंका र आयुष्मानबीचको गहिरो र उत्तेजक प्रेम एनएफडीसी नेसनल फिल्म अवार्ड २०७३ मा मात्र देखे, भाग्यमानी हुइयाँँले भने त्यसको ३ महिनाअगाडि नै उनीहरूको छताछुल्ल प्रेम देख्ने अवसर पायो । धन्य छ हुइयाँँ, धन्य छ प्रियंका र आयुष्मानको प्रेम ?

प्रतिक्रिया दिनुहोस्