ज्याकी चान, हङकङदेखि हलिउडसम्म



ओमशंकर श्रेष्ठ

मार्सल आर्टिस्ट, एक्सन हिरो, फिल्म निर्देशक, निर्माता, स्टन्टम्यान र गायक धेरै स्वरूपमा पैmलिएका छन् हङकङ स्टार ज्याकी चान । सन् १९५४ को ७ अप्रिलमा जन्मेका उनको वास्तविक नाम चान कोङ सान हो । फिल्महरूमा एक्रोब्याटिक शैलीले लड्ने, हँस्यौली पाराले लड्दा टाइमिङ मिलाउने, जुनसुकै वस्तुलाई पनि हतियारका रूपमा प्रयोग गर्ने, डरलाग्दा तथा खतरनाक स्टन्टहरू गरेर दर्शकको मन जित्दै आएका उनी चिनियाँ मार्सल आर्टस कुङफु र हाप्किदोक खेल्छन् ।


साठीको दशकदेखि अभिनय यात्रा फिल्म खेलिसकेका छन् । हङकङ र हलिवुडमा स्थापित भइसकेका उनको व्यक्तित्वलाई विभिन्न पप गीत, कार्टुन, तथा भिडियो गेमहरूमा समेत प्रयोग गरिँदै आएको छ । गायनमा समेत तालिमप्राप्त चानले थुप्रै एल्बम रिलिज गर्नुका साथै आफ्ना फिल्ममा पनि गीत गाउने गरेका छन् । चर्चित दाताको रूपमा समेत चिनिने उनको कुल ३५ करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको तथ्य सन् २०१५ मा फोर्वेस पत्रिकाले सार्वजनिक गरेको थियो । उनका पिता चाल्र्स र माता ली ली चान चिनियाँ गृहयुद्धको बेला तत्कालीन अवस्थामा बेलायतको अधीनमा रहेको हङकङमा शरणार्थी बन्न बाध्य भएका थिए । उनका मातापिताले उनलाई पाओ–पाओ उपनाम दिएका थिए । चिनियाँ भाषामा त्यसको अर्थ तोपको गोला हो । किनभने बाल्यकालमा चान निकै फुर्तिलो पाराले यताउता गर्दै हिँड्थे । उनका अभिभावक हङकङस्थित फ्रेन्च राजदूतका लागि काम गर्ने गर्दथे । चानको बाल्यकाल भिक्टोरिया पिक जिल्लाको राजदूतको निवास परिसरमै बितेको थियो ।

चानले हङकङको नाह–ह्वा प्राइमरी स्कुलबाट अध्ययन शुरू गरेका थिए । तर पहिलो वर्षमै अनुत्तीर्ण भएपछि उनका अभिभावकले उनलाई त्यहाँबाट निकालेका थिए । १९६० मा उनको बुबा अस्ट्रेलियाको क्यानवेरामा बसाइँ सरे । उनी त्यहाँ अमेरिकी राजदूतको हेड कुक बने । चानलाई मास्टर यु जिम –यूएनद्वारा सञ्चालित पेकिङ ओपेरा स्कुल अर्थात् चाइना ड्रामा एकेडेमीमा भर्ना गरिएको थियो । चानले एक दशकसम्म लगातार निकै मिहेनत गरी मार्सल आर्टस र एक्राब्याटिक सिके । अन्ततः उनी उक्त स्कुलकै सर्वोत्कृष्ट विद्यार्थीहरूको समूह सेभेन लिटिल फच्र्युन्सको सदस्य बन्न सफल भए । आफ्नो मास्टरको नाममा उनले स्टेजको नाम यूएन लो हासिल गरे । सो समूहका दुई सदस्य साम्मो हुङ र यूएन बियाओसँग उनी निकै मिल्थे । पछि ती तीनजनाको समूह थ्री ब्रदर्स अर्थात् थ्री ड्रागन्सको नामले चर्चित भयो । फिल्म उद्योगमा प्रवेश गरेपछि साम्मो हुङसँगै चानले पनि ग्रायन्ड मास्टर जिन पाल किमबाट हाप्किदो सिक्ने अवसर पाए । उनले त्यसमा ब्ल्याक बेल्ट प्राप्त गरे । चानले कराँते, जुडो, तेक्वोन्दो र जित कुने डोजस्ता अन्य मार्सल आर्टस पनि सिकेका छन् ।

पाँच वर्षको उमेरमै सानोतिनो भूमिकामा अभिनय गर्न थालेका उनले सन् १९६२ मा बिग एन्ड लिटिल वोङ टिन बार, १९६३ मा द लभ इटर्ने, १९६६ मा कम ड्रिन्क विथ मी र १९७१ मा कुङफु फिल्म अ टच अफ जेनमा अभिनय गरेका थिए । सत्र वर्षको उमेरमा चान यूएन लुङ स्टेज नाममा चानले ब्रुस लीको फिस्ट अफ फ्युरी र इन्टर द ड्रागनमा स्टन्टम्यानको भूमिका निर्वाह गरे । उनले हिरोको रूपमा पहिलोपटक लिटिल टाइग अफ क्यान्टोनमा अभिनय गरे । तर व्यावसायिक रूपमा यस्ता फिल्ममा जम्न नसकेपछि उनले कमेडी एडल्ट मुभी अल इन दि फैमिलीमा हिरोको भूमिका निर्वाह गरे । यसमा उनी सर्वागँ नाँगो देखिएका थिए । एउटा पनि भिडन्तको दृश्य नभएको उनको यो हालसम्मकै एउटै फिल्म हो । उनी पछि सिन्जुकु इन्सिडेन्ट नामक फिल्ममा पनि नाँगो देखिएका थिए ।
सन् १९७६ मा मातापिता भेट्न क्यानवेरा पुगेका उनले केही समय निर्माण कामदार भएर डिक्सन कलेजमा पढे । ज्याक नामक एकजना बिल्डरले आफ्नो समूहमा राखेपछि चानको उपनाम लिटिल ज्याक रहन पुग्यो । सोही नाम ज्याकी बन्यो । त्यही बेलादेखि उनको परिचय ज्याकी चानका रूपमा पैmलिएको हो । नब्बे दशकको उत्तराद्र्धमा चानले आफ्नो चिनियाँ नाम फोङ सि लुङ राखे । किनभने उनको बुबाको थर फोङ हो । १९७६ मा चानलाई उनको स्टन्टदेखि प्रभावित भएका हङकङस्थित फिल्म निर्माता विल्ली चानले बोलाए । उनलाई लो वेइद्वारा निर्देशित फिल्ममा खेल्न प्रस्ताव राखियो ।

पाँच वर्षको उमेरमै सानोतिनो भूमिकामा अभिनय गर्न थालेका ज्याकी चानले १७ वर्षको उमेरमा चान यूएन लुङ स्टेज नाममा चानले ब्रुस लीको फिस्ट अफ फ्युरी र इन्टर द ड्रागनमा स्टन्टम्यानको भूमिका निर्वाह गरे । उनले हिरोको रूपमा पहिलोपटक लिटिल टाइग अफ क्यान्टोनमा अभिनय गरे । तर व्यावसायिक रूपमा यस्ता फिल्ममा जम्न नसकेपछि उनले कमेडी एडल्ट मुभी अल इन दि फैमिलीमा हिरोको भूमिका निर्वाह गरे । यसमा उनी सर्वाङ्ग नाँगो देखिएका थिए । पछि सिन्जुकु इन्सिडेन्ट नामक फिल्ममा पनि नाँगो देखिएका थिए ।

 

उनलाई ब्रुस लीको निरन्तरता दिने उद्देश्यले न्यु फिस्ट अफ फ्युरी नामक फिल्ममा खेलाउने योजना बनाइयो । तर ब्रुस लीको मार्सल आर्टस शैलीप्रति चानको गहन जानकारी नभएकाले त्यस फिल्मले सफलता पाएन । तर लो वेइ निराश भएनन् । उनले ब्रुस लीकै शैलीमा फिल्महरू बनाउँदै गए र विस्तारै सफलता पनि पाए । सन् १९७८ को चानको फिल्म स्नेक इन द इगल स्याडोले तहल्कै मचायो । त्यसमा निर्देशक यूएन वु पिङले चानलाई उनले चाहेजस्तो स्टन्ट गर्न छुट दिएका थिए । त्यस फिल्मले कम्फुलाई हस्यौली पाराले पनि प्रस्तुत गर्न सक्ने धारणा बन्यो । त्यसपछि ड्रन्कन मास्टरमा अभिनय गरेका चानले कहिल्यै पछाडि फर्कनु परेन । लो वेइका स्टुडियोमा फर्केका चानलाई लिएर लोले ड्रन्कन मास्टरलाई पछ्याउँदै हाफ अ लफ अफ कुङगफु र स्पिरिच्युयल कुङगफु निर्माण गरे । विल्ली चान ३० वर्षभन्दा लामो समयसम्म ज्याकी चानको पर्सनल म्यानेजर र घनिष्ठ मित्र बने ।

चानले अमेरिकी फिल्ममा भने असीको दशकदेखि पाइला टेकेका हुन् । सन् १९८० मा उनले पहिलो हलिउड फिल्म द बिग ब्रलमा खेलेका थिए । त्यसपछि १९८१ मा द क्याननबल रनमा पनि छोटो अभिनय गरेका थिए । यसले विश्वभरि १० करोड अमेरिकी डलर कमाएको थियो । १९८५ मा द प्रोटेक्टर असफल भएपछि उनी हङकङ फर्के । उनका फिल्म द यङ मास्टर (१९८०) र ड्रागन लर्ड ( १९८२) ले जापानी बजारमा समेत राम्रो सफलता पाए । द यङ मास्टरले त बु्रस लीको पहिलाको बक्स अफिस कीर्तिमानसमेत तोड्यो ।

चानले आफ्नो ओपेरा स्कुलका साथी साम्मो हुङ र यूएन बियाओसङग मिलेर थुप्रै एक्सन कमेडी फिल्म पनि बनाएका छन् । उनले १९८३ मा बनाएको प्रोजेक्ट एले तेस्रो वार्षिक हङकङ फिल्म अवार्डस्मा वेस्ट एक्सन डिजाइन अवार्ड र १९९६ मा पुलिस स्टोरीले वेस्ट फिल्म अवार्ड प्राप्त गर्यो । त्यसपछि असीको उत्तराद्र्ध र नब्बेको शुरूसम्ममा उनका सफल सिक्वेल प्रोजेक्ट ए पार्ट टु र पुलिस स्टोरी टु रिलिज भए । पुलिस स्टोरी टुले वेस्ट एक्सन कोरियोग्राफीका लागि १९८९ मा हङकङ फिल्म अवार्ड जित्यो । त्यसै गरी पुलिस स्टोरी ३ः सुपर कपका लागि चानलाई १९९३ को गोल्डेन हर्स फिल्म फेस्टिभलमा बेस्ट एक्टर अवार्डबाट सम्मानित गरियो । १९९४ मा चानले खेलेको ड्रन्कन मास्टर २ टाइम म्यागाजिनले सदावहार एक सय मुभीभित्र समावेश गर्यो ।

उनलाई अर्को स्क्विेल पुलिस स्टोरी ४ः फस्र्ट स्ट्राइकले थप अन्तर्राष्ट्रिय चर्चा दिलायो । सबैभन्दा बढी स्टन्ट गर्ने जीवित कलाकारको रूपमा चान गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल भए । उनले खेलेका अन्य मुभीमा रम्वल इन दि ब्रोन्क्स, रस आवर, रस आवर २, रस आवर ३, हु एम आई ?, गोर्जियस, द एक्सिडेन्टल स्पाइ, साँघाइ नुन, साँघाइ नाइट, द टक्सेडो, द मेडालियन, न्यु पुलिस स्टोरी, द माइथ, रब–बि–हुड, कुङगफु पान्डा, द स्पाई नेक्स्ट डोर, द कराते किड (१९८४ को कराते किडको रिमेक), सयौं मुभी १९११, साओलिन, पुलिस स्टोरी २०१३, ड्रागन ब्लेड, स्किपट्रेसलगाय हुन् । उनको आगामी फिल्म रेलरोड टाइगर्स, द फरेनर र ब्लिडिङस्टिलमा रहेका छन् ।

२०१२ को क्यान्नेस फिल्म फेस्टिभलमा फिल्म क्षेत्रबाट सन्यास लिने घोषणा गरेका उनले पछि त्यसलाई सच्याउँदै थोरै फिल्म र स्टन्टमा सहभागी भएर आफ्नो बूढो हुँदै गएको शरीरलाई बढी ख्याल राख्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्