अर्थ सचिवमा अधिकारी



काठमाडौं (नेस)
सरकारले मुख्यसचिवको दौडमा एक नम्बर बरियतामा रहेका शंकर अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई अर्थसचिवमा सरुवा गरेको हो। अर्थसचिव डा. शान्तराज सुवेदीले अवकाश पाएपछि उक्त पद रिक्त रहेको थियो।

त्यस्तै सरकारले गृह मन्त्रालयको सचिवमा मोहनकृष्ण सापकोटालाई सरुवा गरेको छ। गृहसचिव लोकदर्शन रेग्मी मुख्यसचिवमा नियुक्त भएपछि रिक्त पदमा सामान्य प्रशासन मन्त्रालयका सचिव सापकोटालाई नियुक्त गरेको हो। सामान्य प्रशासन सचिवमा रेश्मीराज पाण्डेको सरुवा भएको छ।

प्रतिक्रिया दिनुहोस्