थप सुरक्षा



 

सिड्नी, (एजेन्सी)
थप कडा सुरक्षा व्यवस्था अभियानअनुरूप अस्ट्रेलियाका प्रमुख विमास्थलका कर्मचारीहरूले थप निगरानी गर्नुपर्ने भएको छ। गत जुलाईमा सिड्नी विमानस्थलबाट उड्न लागेको एउटा विमान खसाल्ने आतंककारी योजना विफल बनाइएपछि विमानस्थलका सुरक्षा व्यवस्थामा गम्भीरतापूर्वक पुनरवलोकन गरिएको हो। अस्ट्रेलयाली ब्यागेज ह्यान्डलर र निषेधित क्षेत्रमा काम गर्ने विमानस्थलका कर्मचारीहरूले विस्फोटक पदार्थहरू सम्बन्धमा थप परीक्षण गर्नुपर्ने भएको छ। कर्मचारीहरू स्वयंकै पनि सरसामान र सवारी साधनमाथि विशेष निगरानी राखिने भएको छ। विशेष तालिम प्राप्त गुप्तचरहरू पनि परिचालित हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्