कारोबार बढे पनि परिसूचक भने घट्यो



 

नेपाल समाचारपत्र
काठमाडौं
तिहारपछिको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा गिरावट आएको छ। साताको दोस्रो दिन बजार ३ दशमलव ६२ अंकले ओरालो लागेको हो।

बिदापछि खुलेको शेयर बजार आइतबार ३ दशमलव ५७ अंकले बढ्दै उकासिने संकेत देखाएको थियो। तर, सोमबार १ हजार ५ सय ७१ दशमलव ९२ बिन्दुबाट शुरू भएको बजार १ हजार ५ सय ६८ दशमलव ३ अंकमा पुगेर रोकिएको हो।

सोमबार शेयर बजार खुलेको आधा घण्टा सुधारको क्रममा रहेको थियो। तर, त्यसयता ओरालो लागेको बजारले गति लिन नसकेको हो। नेप्से परिसूचक बढ्दा सोमबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४७ अंकले घटेर ३ सय ३० दशमलव ५३ अंकमा पुगेको छ।

परिसूचक ओरालो लाग्दा सोमबार कारोबार रकममा भने बढेको छ। सोमबार बजारमा ४० करोड ७ लाख ९७ हजार ७ सय ५ रुपियाँको कारोबार भयो। यसक्रममा बजारमा १ सय ५६ कम्पनीका ८ लाख ८७ हजार ६ सय ४३ कित्ता शेयर किनबेच भए। अघिल्लो दिन बजारमा ३६ करोड ९३ लाखको कारोबार भएको थियो।

सोमबार कारोबारमा आएका ८ समूहमध्ये ८ समूहमा गिरावट आए। घट्नेमा ट्रेडिङ समूह सर्वाधिक ३ दशमलव ६३ प्रतिशतले बढ्यो। त्यस्तै अघिल्लो दिन कारोबारमा नआएको उत्पादनमूलक समूह २ दशमलव २४ अंकले ओरालो लाग्यो।

त्यस्तै बीमा समूह र विकास समूह शून्य दशमलव ५८ र शून्य दशमलव ५६ प्रतिशतले घट्यो। होटल र वित्त समूह समान शून्य दशमलव ५५ प्रतिशतले बढ्दा जलविद्युत् र बैंकिङ समूह क्रमशः शून्य दशमलव २२ र शून्य दशमलव २ प्रतिशतले बढे। बढ्नेमा अन्य समूह मात्र १ दशमलव ७३ प्रतिशतले बढ्यो।

अंकको आधारमा उत्पादनमूक र बीमा समूह क्रमशः ५७ दशमलव शून्य ८ र ५० दशमलव १९ अंकले घटे। सोमबार सबैभन्दा धेरै कारोबार नेपाल टेलिकमको शेयरको भयो। कम्पनीका ४१ हजार ७ सय ८० कित्ता शेयर ३ करोड ३५ लाख २ हजार ९ सय रुपियँँमा किनबेच भए। सोमबार धेरै कमाउनेमा मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनी रहे। कम्पनीको शेयर मूल्य सर्वाधिक ९ दशमलव २२ प्रतिशतले बढ्दा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले सर्वाधिक ५ दशमलव ३१ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस्