शत्रु गते शुरु



 

ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रस्तुतिमा शत्रु गते नामक कमेडी फिल्म निर्माण हुने भएको छ। मह जोडीको फिल्म निर्माण संस्था मह सञ्चारको प्रस्तुति तथा किरण केसी, रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल को निर्माणमा निर्माणाधिन फिल्मको सोमबार राजधानीको कमलादिस्थित गणेश मन्दिरमा आयोजित एक समारोहबिच शुभ मुहुर्त गरिएको छ।

फिल्मको शुभ साईत गरी सुटिङ युनिट छायांकनका लागि सोमबार नै विरगञ्जतर्पm लागेको छ। निर्माता केसीका अनुसार करिब २ साता यसको सुटिङ विरगञ्जमा हुनेछ।

फिल्मको निर्देशन गत वर्षको सफल फिल्म जात्राका डेब्यु निर्देशक प्रदीप भट्टराईले गर्दैछन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, राजाराम पौडेल, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मालगायतका कलाकार प्रमुख भुमिकामा रहनेछन्। दीपाश्रीलाई हरिवंशको जोडीका रुपमा देखिनेछ। फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको छ भने दिर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत रहनेछ। फिल्म आगामी चैत ९ गते रिलीजमा ल्याइने निर्माता किरण केसीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्