स्वराज–हसिना वार्ता



ढाका, (एजेन्सी)
भारतका विदेशमन्त्री सुषमा स्वराजले ढाकामा बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँगको भेटवार्तामा कट्टरपन्थी र म्यान्मारको रखाइन प्रान्तबाट भइरहेको मुसलमानहरूको पलायनलाई लिएर छलफल गरेकी छिन्। स्वराज दुई देशको संयुक्त परामर्श आयोगको चौथो बैठकका लागि बंगलादेश पुगेकी हुन्। स्वारजले कट्टरपन्थी विरुद्ध ‘जिरो टोलरेन्स’को नीति अपनाउने र नागरिकलाई बचाउन प्रतिबद्धता व्यक्त गेकी छिन्। बंगलादेशले भारतसँग रखाइनमा जारी पलायनको कुनै शान्तिपूर्ण हल खोज्न म्यान्मारमाथि दबाब दिन भनेको छ। म्यान्मारबाट पलायन भएका करिब ५ लाख रोहिंग्या मुसलमान बंगलादेश पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्