अवार्ड बोनस मात्र!



फिल्म देव डीबाट बलिउडमा आफ्नो यात्रा तय गरेकी नायिका कल्की कोक्लिनले प्रायः सामाजिक मुद्धामा विना संकोच आफ्नो राय राख्दै आएकी छीन्। उनले हालै फेरि केही सामाजिक विषयमा आफ्नो राय राखेकी छीन्।

एक भारतीय अनलाईनसंगको कुराकानीमा उनले कलाकारको सामाजिक जिम्मेवारीकोबारेमा टीप्पणी गर्दै भनेकी छिन् ‘हामी कलाकार हौँ। कुनै राजनीतिक विशेषज्ञ होईनौं। त्यसैले हामीले त्यस विषयमा फिल्म बनाईरहेका छैनौ भने समाजमा हुने हरेक घटनाको जानकारी हामीलाई हुनैपर्छ भन्ने जरुरी छैन। अभिनय गर्नु हाम्रो जिम्मेवारी हो, तर बाँकी सबै चिज तथा देशको जिम्मेवारी हामी माथि हुदैन।

आफ्नो ८ वर्षको फिल्मी करीअरमा कल्किले जिन्दगी ना मिलेगी दो बारा, ए जवानी हे दीवानी तथा शंघाईजस्ता फिल्ममा अभिनय गरेकी छीन्। सन् २०१४ मा आएको मार्गरीटा वीथ अ स्ट्र नामक फिल्मको लागि उनले राष्ट्रि अवार्ड पनि पाएकी थिइन्। तर उनलाई लाग्छ की यस्ता पुरस्कारहरुबाट कलाकारलाई खुशी मिले पनि काम भने मिल्दैन। उनले भनेकी छिन् ‘मानिसहरुलाई लाग्छ की पुरस्कार पाए पछी हामीलाई धेरै काम पनि मिल्छ। तर यस्तो होइन्। राष्ट्रिय पु्रस्कार मेरो लागि एक्दमै खास छ। तर काम मिल्नु पनि ठुलो ईनाम हो, अवार्ड त बोनस जस्तो मात्र हो।

अपरंपरागत अभिनेत्रीहरुको श्रेणीमा पर्ने यी नायिकाले भारतका गर्भवती महिलाहरुको बारेमा पनि अहम धारणा राखेकी छिन्। उनले भनेकी छिन् ‘भारत कामकाजी गर्भवती महिलाप्रति दयालु छैन। कर्पोरेट जगतमा काम गरीरहेका गर्भवती महिलाहरुले सुत्केरी विदा त पाउँछन्, तर अफिस फर्किएपछी उनीहरुलाई केही प्रकारको हैरानीको सामना गर्नुपर्छ। यस कारण उनीहरु सधै एकप्रकारको प्रेरणाहीन महसुस गर्छन्।

प्रतिक्रिया दिनुहोस्