पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यको स्वागत



 

काठमाडौं, (नेस)
गत शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिको २१ दलीय राष्ट्रिय जनविद्रोह समितिले स्वागत गरेको छ। समितिले मंगलबार मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन आयोजना गरी पूर्वराजा शाहले दिएको वक्तव्यको स्वागतार्थ घर–घरमा दीपावली गर्नसमेत आग्रह गरेको हो।

पूर्वराजा शाहले शनिबार मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जनताले चाहे आफूले नेतृत्व लिन तयार रहेको आशयसहितको वक्तव्य दिएका थिए। सो वक्तव्यलाई २१ दलीय राष्ट्रिय जनविद्रोह समितिले स्वागत गरेको हो। वक्तव्यलाई राजसंस्थासहितको वैदिक सनातन हिन्दु अधिराज्य नेपाल स्थापनार्थ २१ दलीय राष्ट्रिय जनविद्रोह समितिले स्वागत गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्