उत्तर कोरियामाथि आणविक बम खसाल्न अमेरिका तयारी गर्दै



अमेरिका । अमेरिकाले लडाकू विमानलाई पहिलोपटक २४ घन्टै आणविक बम हमला गर्न तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । उत्तर कोरिया र रुससँगको तनावग्रस्त अवस्थालाई मध्यनजर गर्दै अमेरिकाले २६ वर्षपछि यसरी बम हमला गर्ने तयारी गरेको बताइएको छ ।

उत्तर कोरियासँगको चिन्ताजनक अवस्थालाई ध्यानमा राखेर सन् १९९१ पछि पहिलोपटक अमेरिकाले हतियारसहितको विमान र आणविक बम तयार पारेको बताइएको छ । अमेरिकी सेनाको यो निर्णयलाई अहिलेसम्मकै सबैभन्दा आक्रामक मानिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया, इरान लगायत अमेरिकका अरु शत्रु देशहरुलाई आफू कुनै पनि बेला हमला गर्न तयार रहेको चेतावनी दिइसकेका छन् । यो निर्णय लिनुअघि राष्ट्रपति ट्रम्प केही दिनका लागि चुपचाप बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्