बालबालिकालाई न्यानो कपडा वितरण



काठमाडौं (नेस)। सामाजिक सञ्जाल फेसबुकमा सक्रिय युवाहरूको समूह मेन्स रुम रिलोडेड (एमआरआर), नुवाकोट समूहले नुवाकोट, गत कातिक २ गते लक्ष्मीपूजाको दिन विदूरमा अवस्थित जनजाति कल्याण आश्रममा रहेका बालबालिकाहरूलाई निःशुल्क न्यानो कपडा, कितावकपीलगायतका सामग्री वितरण गरेको छ ।
समूहका संयोजक अविनाश घिमिरेले दिनुभएको जानकारीअनुसार उक्त आश्रममा रहेका करिव २० जना बालबालिकालाई लत्ताकपडा, कितावकपि वितरण गरिनुका साथै खानासमेत खुवाइएको थियो । सो अवसरमा बालबालिकाहरूलाई विभिन्न किसिमका जीवनपयोगी जानकारी पनि प्रदान गरिएको थियो । समूहले आगामी दिनमा पनि यस्ता सहयोगका कार्यक्रमहरुको निरन्तरता दिइने जनाएको छ ।
उक्त कार्यक्रममा एमआरआरका तर्फबाट सुन पाण्डे, हरि गजुरेल, रोजन भुषाल, सुरेश भट्ट, सुमन राज पाण्डे, शंकर भुषाललगायत सदस्यहरूले उक्त सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्