१६ हजार डलरमा लिलाम भयो ट्रम्पले बनाएको यो स्केच



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बनाइएको कालो रङको ‘एंपायर स्टेट बिल्डिंग’को स्केच करीब १६ हजार डलरमा लिलाम भएको छ ।

ट्रम्पको हस्ताक्षर भएको १२ इन्च लम्बाई र ९ इन्च चौडाईको यो स्केच सन् १९९५ मा च्यारिटी लिलामका लागि बनाइएको थियो ।

पहिले यो ६ हजार ५ सय भन्दा पनि कम डलरमा बिकेको थियो ।

प्रतिक्रिया दिनुहोस्