म झापा–३ बाट प्रत्यक्षतर्फ नै चुनाव लड्छु, समानुपातिकमा जान्नँ : सिटौला



झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने संसदको निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।

झापाको बाह्रदशी गाउँपालिकामा सोमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले झापा क्षेत्र नम्बर–३ बाट आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने र समानुपातिकमा नजाने स्पस्ट पारे ।

व्यक्तिगत अवसरका लागि आफूलाई केहीले नछेकेको बताउँदै उनले भने–‘हारेको बेलापनि म उपप्रधानमन्त्री बनेको थिएँ, म सांसद बन्नका लागिमात्र होइन, पार्टीलाई चलायमान बनाउन मेरो प्रत्यक्षतर्फको उम्मेदवारी हुनेछ ।’

उनले समानुपातिकमा पार्टी सभापति शेरबहादुर देउवाले नै आफूलाई सिफारिस गरेको र ‘उहाँले देशभरि घुम्नुहोस्, चुनावको कमान्ड सम्हाल्नुहोस्’भन्दा पनि आफूले पार्टीका कार्यकर्ताको मर्म र भावनालाई बुझ्दै प्रत्यक्षतर्फ नै चुनाव लड्ने विचार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्