राजपाका महामन्त्री जंगीलाल राय कांग्रेसमा प्रवेश



सर्लाही । राष्ट्रिय जनता पाटी (राजपा) नेपालका महामन्त्री जंगीलाल राय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित कार्यक्रमबाट उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस नेता एवं खानेपानीमन्त्री महेन्द्रराय यादव र कृषिमन्त्री रामकृष्ण यादवले उनीलाई पार्टी प्रवेश गराएका हुन् ।

सो अवसरमा अरु व्यक्तिहरु पनि कांग्रेसमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्