‘चीन दक्षिण एसिया एक्स्पो नेपाल’ कात्तितक १६ देखि



काठमाडौँ । नेपालमा पहिलो पटक ‘चीन दक्षिण एसिया एक्स्पो नेपाल’ आयोजना हुने भएको छ । आगामी कार्तिक १६ गतेदेखि १९ गतेसम्म काठमाडौँको भृकुटीमण्डवस्थित प्रर्दशनी हलमा पहिलो पटक ‘चीन दक्षिण एसिया एक्स्पो नेपाल’ आयोजना गर्न लागिएको सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

चिनिया बस्तु, मेसिन र त्यहाँको प्रविधि नेपाल भित्र्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको नेपाल–चीन कार्यकारी परिषदका अध्यक्ष अनुपराज भट्टराईले जानकारी दिनुभयो ।

नेपाल, चीन, भारत, पाकिस्तान, श्रीलंका, म्यान्मार, बंगलादेशसमेत सहभागी हुने एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहनेछन् । ४ दिनसम्म चल्ने एक्स्पोमा १ लाख भन्दा बढीले अवलोकन गर्ने र १० करोड भन्दा बढीको कारोबार हुने अपेक्षा पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्