बाम तालमेलबाट प्रधानमन्त्री देउवा आत्तिनु भयो: नेता ज्ञवाली



अनिल खत्री, गुल्मी ।
नेकपा एमालेका केन्द्रिय सचिव प्रदीप ज्ञवालीले वाम तालमेलसगँ डराएर प्रधानमन्त्री आत्तिएको बताएका छन् । नेकपा एमाले गुल्मी प्रचार बिभाग र प्रेस चौतारी नेपाल गुल्मीले सोमवार सदरमुकाम तम्घासमा अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले वाम तालमेल पार्टी एकिकरण सुरुवात भएकोले नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
अहिले वामपन्थी शक्तिहरु बिच चुनावी तालमेल मात्र नभएर पार्टी एकताको प्रक्रृया अगाडि बढेकाले काँग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तालमेलसगँ डराएर बिभिन्न अभिब्यत्ति दिईरहेको आरोप लगाए ।

प्रधानमन्त्रीले वाम गठबन्धनको बिषयमा बिभिन्न टिका टिप्पणीहरु गर्नुभएको छ नेता ज्ञवालीले भने‘ उहाँलाई म आग्रह र स्पष्ट पार्न चाहान्छु यो चुनावी गठबन्धन मात्र नभएर पाटी एकीकरणको काम सुरु भएको छ ।’

उनले एउटै वामपन्थीहरुको पाटी निमार्ण गर्ने तयारी भैरहेकाले वाम एकतावाट कुनै पनि शक्ति अतालिनु पर्ने कुनै पनि कारण नभएको स्पष्ट पारे । एमाले ,माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, लगायत अन्य वामपन्थी शक्तिहरु बिच जुन चुनावी तालमेल भएको बताए ।

सबै पाटीको विचार एउटै भएकाले पाटी एकीकरण गर्न कुनै समस्या म देख्दिन पूर्व मन्त्री समेत रहेका ज्ञवालीले भने‘ नेताहरु ब्यवस्थापन देखि केही साना समस्याहरु छलफलबाट साघुरिदै गएकाले पाटी एकीकरण हुन्छ ।’ उनले माओवादी केन्द्रसगँ सरकार निमार्ण गर्ने देखि स्थानीय तह निर्वाचनमा काँग्रेसले तालमेल गर्दा अधिनायकवाद नहुने तर एमालेसगँ चुनावी तालमेल गर्दा अधिनायकवाद हुने भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरे ।

मनोनयन दर्ता गर्ने क्रममा केही स्थानहरुमा तालमेलमा समस्याहरु देखिए नी भन्ने पत्रकारहरुको प्रश्नमा नेता ज्ञवालीले पार्टीको हित भन्दा ब्यक्ति हित नहुने भन्दै एक्लै चुनावी मैदानमा जादाँ पनि आकाक्षीहरु धेरै भएपछि केही समस्या देखा परेपछि त्यो समाधान हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्