सरकारद्धारा एकैसाथ तीन सचिवको सरुवा



नेपाल समाचारपत्र, काठमाडौ ।

सरकारले तीन जना सचिवको सरुवा गरेको छ । गृह सचिवमा मोहनकृष्ण सापकोटा र अर्थमा शंकर अधिकारीको सरुवा भएको छ । त्यस्तै लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले तीन सचिवको सरुवा गरेको हो ।

रेग्मी मुख्य सचिव भएपछि रिक्त बनेको गृह सचिवमा सापकोटा आएका छन् । यसअघि सापकोटा सामान्य प्रशासनमा थिए ।

गृह सचिव भएका सापकोटा र अर्थमा आएका अधिकारी प्रधानमन्त्री पत्नी आरजु राणा देउवा निकटस्थ मानिन्छन् ।

मुख्य सचिवको दौडमा एक नम्बर बरियतामा रहेका शंकर अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । सामान्य प्रशासन सचिवमा रेश्मीराज पाण्डेको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्