अन्तरिक्षमा पदयात्रा



नासा, (एजेन्सी)
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका अन्तरिक्ष यात्री ‘एक्सपेडिसन–५३’का कमान्डर रेन्डी ब्रस्निक र फ्लाइट इन्जिनियर जोए अकाबाले शुक्रबार अन्तरिक्ष पदयात्रा गरेको नासाले जनाएको छ। उक्त अन्तरिक्ष पदयात्रा आईएसएस बाहिर ६ घण्टा ४९ मिनेटसम्म भएको जनाइएको छ। ती दुई अन्तरिक्ष यात्रीले आईएसएसको रोबोटिक आर्म मर्मत गरेको र जलेको फ्युज परिवर्तन गरी नयाँ हाइडेफिनेसन क्यामरा जडान गरेका थिए। यो १५ दिनभित्र नासाका अन्तरिक्ष यात्रीले गरेको तेस्रो यात्रा हो। यसअघि यात्रीहरूले अक्टोबर र अक्टोबर १० मा अन्तरिक्ष पदयात्रा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्