कालिकोटमा संघ र प्रदेशसभामा उम्मेदवारी



कालिकोट, (नेस)
आगामी संघ र प्रदेशसभाका लागि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बीच दोहोरो भिडन्त हुने भएको छ। कार्तिक आइतबार दुबै गठबन्धन पक्षका उम्मेदवारहरूले मनोनयन दर्ताका गरेका हुन्।

बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रबाट दर्गबहादुर रावत उम्मेदवारी दिने तयारी गरेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीको नाम उम्मेदवारी दर्ता भएको छ।

बाम गठबन्धबाट प्रदेशसभाका लागि कालिकोट निर्वाचन क्षेत्र ‘क’ बाट नेकपा एमालेका पूर्वजिल्ला अध्यक्ष कुर्मराज शाही, निर्वाचन क्षेत्र ‘ख’ बाट माओवादी केन्द्रका निवर्तमान उर्जामन्त्री तथा हाल बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन्।

यस्तै लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका निर्वाचन क्षेत्र ‘क’ बाट टेकराज शाही र निर्वाचन क्षेत्र ‘ख’ बाट कालीबहादुर सहकारीले उम्मेदवारी दर्ता गराएको कालिकोटका मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्