निःशुल्क शिविरमा २ सय बढीको उपचार



अर्जुन बोहरा, हुम्ला
हुम्लाका ग्रामीण क्षेत्रमा रहेका महिला र बालबालिकाहरूले सहज रूपमा उपचार पाउन नसकेकालाई लक्षित गरी ५ दिने निःशुल्क शिविर सम्पन्न भएको छ।

सदरमुकाम सिमकोटमा नै पहिलोपटक महिला र बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनामा २ सय ५८ जनाको उपचार भएको छ। शिविरमा पाठेघर समस्या भएका १ सय १७ जना महिला र गर्ववती महिला ६५ र अन्य बालबालिका १ सय ५८ जना गरी २ सय ५८ जाना बिरामीको चेकजाँच गर्नुको साथै औषधिसमेत निःशुल्क वितरण गरेको छ।

शिविरका लागि अस्ट्रियाबाट विग्रेटाका स्त्री रोग विशेषज्ञ अनुभवी विदेशी डाक्डर मेरियालगायत १६ जना स्वास्थ्यकर्मीद्वारा निःशुल्क चेकजाँच गर्नुको साथै औषधीसमेत सहयोग गरेको नेपाल अस्ट्रिया साझेदारी संस्थाका अध्यक्ष छेपाल र्दोजे लामाले बताए। शिविरमा हुम्लाका ७ वटा गाउँपालिकाका महिला तथा बालबालिकाहरूले स्वास्थ्य उपचार निःशुल्क पाएका छन्। शिविरमा महिलाको पाठेघर, बालबालिकाको स्वास्थ्य जाँचलगायत अन्य रोगको परीक्षण गरिएको लामाले बताए।

हुम्लामा बढी महिलाको पाठेघर खस्ने समस्या तथा बालबालिकालाई लक्षित गरी गरिएको शिविरमा स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच तथा उपचार गरेका थिए। हुम्लाका दुर्गम गाउँमा भएका महिला तथा बालबालिकाहरूको दयनीय अवस्था देखेपछि हुम्लामा पहिलोपटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको अस्ट्रियाका विग्रेटाका स्त्री रोग विशेषज्ञ अनुभवी विदेशी डाक्डर मेरियाले बताइन्।

पहिलो पटक स्वास्थ्य शिवीर सञ्चालन गरे तापनि अब हुम्लाका सबै गाउँपालिका वडामा समेत निःशुल्क शिविरका साथै औषधिलगायतको सहयोग गर्ने विश्वास मरियाको थियो। अधिकांस ग्रामीण क्षेत्रमा महिलाहरूलाई पाठेघर खस्ने, सेतोपानी बग्ने, बिल्डिङ हुनेलगायतका समस्या बढी देखा परेको र हुम्लाका बालबालिकालाई बढी कुपोषितलगायतका रोगका बिरामी भएकाले पनि यसलाई उपचारका लागि हुम्लामा निःशुल्क स्वास्थ्य शिविरलाई प्रथामिकता दिएको बताएका छन्।

निशुल्क स्वास्थ्य शिविर भएपछि यस क्षेत्रका सर्वसाधारण निकै खुशी भएको स्थानीय बासिन्दा ठेहेका अमरसिहं भण्डारीले डा. मेरियाले बताइन्। पहिलो पटक यो निःशुल्क शिवीर सञ्चालन गरेपछि आफूहरू निकै राम्रो सेवा लाभ लिएको स्थानीयबासिन्दा गोरीकला सुनारको भनाइ छ। नेपाल ट्रस हुम्ला, नेपाल अस्ट्रिया साझेदारी संस्था र जिल्ला स्वास्थय कार्यालय हुम्लाको सहकार्यमा हुम्लाको सदरमुकाम सिमकोटमा ग्रामीण भेगका बालबालिकालाई निःशुल्क उपचार सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको अस्ट्रिया साझेदारी संस्थाका अध्यक्ष छेपाल दोर्जै लामाले जानकारी दिनुभयो।

५ दिनसम्म सञ्चालन भएको शिविरमा तीन महिनादेखि १२ वर्षसम्मका बालबालिकाहरूको पूरै शरीरको परीक्षण गरिएको छ। शिविरमा स्त्री रोग विशेषज्ञ अनुभवी विदेशी डाक्टरद्वारा ५ दिनसम्ममा झन्डै ३ सय ५८ जान भन्दाबढी बालबालिका तथा महिलाहरूलाई सेवा दिएको लामाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्