प्रधानसेनापति अमेरिका प्रस्थान



 

काठमाडौं, (नेस)
प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको यूएस आम्र्ड फोर्सका प्रमुख जोसेफ एफ डुनफोडको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डीसीमा सोमबारबाट आयोजना हुने ग्लोवल चिफ अफ डिफेन्स कन्फ्रेन्स अव काउन्टिड, भ्वाइलेन्ट एक्सटिम्स अर्गनाइजेसनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ।

प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाइ गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरू तथा नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

भ्रमणको अवधिभर प्रधानसेनापति महारथी क्षत्रीको अनुपस्थितिमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्ववर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र अमेरिकालगायत अन्य सहभागी मित्रराष्ट्रहरूका सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया दिनुहोस्