प्रहरी महानिरीक्षक स्वदेश फिर्ता



काठमाडौं, (नेस)
प्रहरी महानिरीक्षक प्रकाश अर्याल मित्रराष्ट्र अमेरिकाको अफिसियल भिजिट पूरा गरी आइबार स्वदेश फर्कनुभएको छ। प्रहरी महानिरीक्षक अर्याललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा प्रहरी अतिरिक्त महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो।

अफिसियल भिजिटमा दुवै देशका सुरक्षा निकायहरूबीच आगामी दिनहरूमा कसरी हित अभिवृद्धि गर्न सकिन्छ भन्नेलगायतका विषयमा सम्बन्धित पक्षहरूसँग छलफल भएको थियो। प्रहरी महानिरीक्षक अर्याल गत असोज २८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्