चालक अनुमतिपत्रको ट्रायल परीक्षा शुरू



 

पुष्कर बुढाथोकी, भक्तपुर
तायात व्यवस्था कार्यालय भक्तपुरले बुधबारदेखि चारपांग्र्रे गाडीको चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा शुरु गरेको छ। भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि चारपांग्रे गाडीको लिखित परीक्षा र अरू सेवा दिँदै आए पनि चारपांग्रेको ट्रायल परीक्षा शुरु भएको हो। यसअघि मोटरसाइकल र स्कुटरको चालक अनुमतिपत्रको ट्रायल परीक्षा शुरु गरिएको थियो।

भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहजरूपमा लाइसेन्सको ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका ९ राधे राधेस्थित इजी वे ट्रायल सेन्टर प्रालिसँग कार्यालयले सम्झौता गरेको चार महिनापछि ट्रायल शुरु गरेको हो। कार्यालय प्रमुख अनोज घिमिरेले भक्तपुरमा सेवा शुरु भएपछि लाइसेन्सको प्रयोगात्मक परीक्षा दिन अव काठमाडौं जानुपर्ने बाध्यता हटेको बताउनुभयो। पहिलो दिन २ सय ५२ जनाले चारपांग्रे गाडीको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा दिएका उहाँले बताउनुभयो।

भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाग्रे र चारपांग्रे सवारीसाधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा भने शनिबारबाट सञ्चालन गरेको हो।

भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहजरूपमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका–९ राधे राधेस्थित इजी वे ट्रायल सेन्टर प्रालिसँग सम्झौता गरेको ४ महिनापछि कार्यालयले भक्तपुर कार्यालयमा लिखित परीक्षा उत्तीर्ण गरेका नागरिकले भक्तपुरबाटै लाइसेन्सको ट्रायल परीक्षा दिन पाउने भएका हुन्।

कार्यालय प्रमुख अनोज घिमिरेले दुईपांग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन अब काठमाडौं जानु नपर्ने भएको बताउनुभयो। पहिलो दिन ३ सय ७७ जनाले दुईपांग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिएको उहाँले बताउनुभयो।

भक्तपुरको थिमिस्थित राधे राधेमा रहेको इजी वे ट्रायल सेन्टर प्रालिले सम्झौताअनुसार निःशुल्क ट्रायल परीक्षा सञ्चालन गर्न दिएको बताउँदै प्रालिका प्रमुख निर्भयबाबु प्रसाईंले साधन प्रयोग गर्न दिएबापतको रकमसमेत नलिई निःशुल्क दिएको बताउनुभयो। प्रसाईंले सम्झौताअनुसार यातायात व्यवस्था विभागलाई प्रयोगात्मक परीक्षा सञ्चालन गर्न निःशुल्क ठाउँ र आवश्यक पर्ने सम्पूर्ण व्यवस्थासमेत गरिदिएको बताउनुभयो।

यातायात व्यवस्था कार्यालयले काठमाडौं र ललितपुरमा सञ्चालिन ट्रायल सेन्टरमा भने भेहिकल सोलुसन एन्ड रिसर्च सेन्टरले सवारीसाधन उपलब्ध गराएबापत सर्वसाधारणसँग शुल्क उठाउने गरिए पनि यहाँ भने निःशुल्क व्यवस्था गरिएको छ।

भक्तपुर कार्यालयमा दैनिक ३ सयभन्दा बढी सेवाग्राहीले आवेदन दिने गरेको बताउँदै कार्यालय प्रमुख घिमिरेले पनि ट्रायल दिने स्थानको अभावले एक सातामा दुई पांग्रोको ८ सय ५० र चारपांग्रेको २ सय ५० जनाभन्दा बढीलाई ट्रायल परीक्षामा सहभागी गराउन नसकिए पनि अब आउने जतिलाई परीक्षामा सहभागी गराउन सकिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्