अष्ट्रीयाको राजधानी भियनामा साहित्यिक गोष्ठी सम्पन्न



प्रभु श्रेष्ठ, भियना अष्ट्रीया । अष्ट्रीयाको राजधानी भियनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ जन्मजयन्तीको अवसर पारेर आईतबार नेप इन्टरटेनमेन्टले साहित्यिक गोष्ठी आयोजना गरेकाे छ । राजदुत प्रकाश कुमार सुवेदीको प्रमुख आतिथ्यमा भएको साहित्यिक गोष्ठीको सञ्चालन डा. अलका आत्रेयले गर्नुभएको थियो भने श्री रुद्र चुडालले राजदुत सुवेदीलाई मायाको चिनो स्वरुप नेपालको झन्डा भएको पिन लगाइदिनु भएको थियो । कार्यक्रममा डा. मधुसुदन आचार्यले धन्यवाद ज्ञापन गर्नु भएको थियो। उक्त साहीत्यीक गोष्ठीमा नयाँ पुराना कविले आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्