किन रोकियो ठमेलमा सवारी साधन ? मर्कामा सर्वसाधारण



नेपाल समाचारपत्र, काठमाडौ ।
प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काठमाडौंको ठमेललाई सोमबार अर्थात् आजदेखि सवारी साधनमुक्त क्षेत्र बनाइएको छ ।

खाने पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक बाहेक अन्य गाडीलाई ठमेर प्रवेशमा रोक लगाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठमेलभित्र जाने गाडीले त्रिदेवी मार्गबाट मात्र जान पाउने ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने गाडीलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार गाडीको व्यवस्था गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीले ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको समेत जानकारी गराएको छ ।

सँगै ठमेलभित्र धेरै धुवाँ निकाल्ने, हर्न बजाउने र जथाभावी चलाउने गाडीलाई विशेष निगरानी गरी कारबाही प्रक्रिया समेत आजदेखि थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्