यस्ता छन् महिलाका लागि आकर्षक जागिर, जसले गर्दा बन्न सकिन्छ करोडपति



के तपाई उद्यमी बनेर शुखमय जिवनको कल्पना गर्नुभएको छ । पुरुषको तुलनामा आँफुले आकर्षक जागिर खान चाहानुहुन्छ । के तपाई पढाई पुरा गरेर आफुँले नै समाजको अगाडी केहि गरेर देखाउन चाहानुहुन्छ ।

त्यसका लागि तापाईहरुको लागि यस्ता कामहरु उचित हुन सक्छन । हो, पुरुषको तुलनामा महिलाहरु केहि कमजोर हुन्छन तर यो हैन कि उनीहरु जागिर गरेर परिवारको पाल्न सक्दैनन् ।

यसको पछाडी पनि केहि कारण लुकेका छन् । पहिलो कुरा महिलाहरुको शारिरीक अवस्था हो भने तोस्रो उनीहरुको पारिवारिक अवस्था हो ।

त्यसैले पछिल्लो समय महिला जागिरेहरुको संख्या बढ्दो छ । छोरा सरह छोरीलाई पनि पढाउन थालिएपछि जागिर खाने महिलाहरुको संख्या बढेको हो ।

कतिपय जागिर यस्ता हुन्छन्, जो पुरुषलाई भन्दा महिलाका लागि बढी उपयुक्त मानिन्छन् । त्यसैले त्यस्ता जागिरमा महिला अनिवार्यजस्तै भएको छ ।

एयर होस्टेज, रिसेप्सन, नर्सिङ, ब्युटिसियन, फेसन डिजाइनर महिलाका लागि उपयुक्त जागिर हुन् । त्यसैले संसारभर नै यस्तो प्रकृतिको जागिरमा प्राय महिलाहरु मात्रै देखिन्छन् ।

ब्यूटिसियन

व्यूटिसियन महिलाहरुका लागि अवसर नै अवसर भएको क्षेत्र हो । अधिकांस महिलाहरु आफ्नो सौदर्यतामा विषेश ख्याल राख्छन् । ब्युटिफुल अर्थात् सुन्दरी देखिनका लागि धेरै महिलाहरु ब्युटिपालर धाउँछन् । त्यहाँ उनीहरुले राम्रै रकम खर्च गर्छन् । त्यसैले ब्युटिसियन पेशामा करियर बनाउने महिलाहरुका लागि यो क्षेत्र अबसर नै अबसर भएको क्षेत्र हो ।

ब्युटिसियन कोर्ष वा तालिम प्राप्त महिलालाई जागिर पाउन कुनै कठिन छैन । यो जागिर मात्रै पाइने पेशा नभई आफैं उद्यमीसमेत बन्न सकिन्छ । यो क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेपछि आफैं ब्युटिपालर खोलेर पनि राम्रो आम्दानी गर्न सकिन्छ ।

रिसेप्सनिस्ट

रिसेप्सनिष्ट महिलाका लागि अत्यन्तै बढी अवसर भएको जागिर हो । रिसेप्सनिष्टका लागि खुलाइएको जागिरमा युवतीको माग गरिएको हुन्छ । जुन युवती हेर्दा सुन्दर र मिठो बोली भएका हुन्छन्, उनीहरुका लागि यो जागिर उपयुक्त हुन्छ । किनभने कुनैपनि व्यक्तिले कुनै कम्पनीसँग सम्पर्क गर्दा पहिलोपटक रिसेप्सनसँग फोनमा वा भेटेर कुरा गर्छ ।

त्यसैले रिसेप्सनमा काम गर्ने कर्मचारी हेर्दा आकर्षक र मिठो बोली, भद्र स्वभाव तथा हँसिलो चेहरा भएको हुनुपर्छ । किनभने रिसेप्सनिस्टको व्यवहारबाट कम्पनीका सम्बन्धमा आगन्तुकले आफ्नो धारणा तयार गर्न सक्छन् ।

एयर होस्टेज

एयर होस्टेजको जागि महिलाका लागि अर्को आकर्षक क्षेत्र हो । हरेक एयरलाइन्समा एयरहोस्टेज हुन्छन् । एयर होस्टेजको जागिर खाने युवती आकर्षक भने हुनुपर्छ । आकर्षक रुपले मात्रै पनि एयरहोस्टेजको जागिर खान सुमधुर बोली, शालिन स्वभा र हँसिलो चेहरा उत्तिकै महत्वपूर्ण हुन्छ ।
किनभने एयरहोस्टेजले यात्रा अवधिभर यात्रुहरुको रेखदेख गर्ने र उनीहरुलाई एयरलाइन्स कम्पनीको तर्फबाट गराउनु पर्ने जानकारी गराउनु पर्छ । यो जागिरमा पुरुषहरु पनि हुन्छन् ।

नर्सिङ

महिलाका लागि रोजगारीको राम्रो अवसर भएको क्षेत्र हो नर्सिङ । संसारभर नै नर्सिङ पेसा महिलाहरुको पेवा जस्तै बन्न थालेको छ । नर्सिङ अत्यत्नै संवेदनशील पेशा हो । यो पेशा अंगाल्ने व्यक्तिले जुनसुकै प्रकारका बिरामीहरुको हेरबिचार गर्नुपर्ने हुन्छ । पुरुषको तुलनामा महिलाहरु भद्र, नम्र, शहनशील र दयालु हुन्छन्, त्यसैले हरेक अस्पतालमा नर्स महिला मात्रै हुन्छन् ।

महिलालाई एयर होस्टेज भनेजस्तै पुरुषलाई क्याविन कु्र भनिन्छ । तर, यो जागिरका लागि पुरुषले भन्दा महिलाले बढी प्राथमिकता पाउँछन् । एयरहोस्टेजको जागिर खाने महिलासँग अंग्रेजी भाष अनिर्वा नै मानिन्छ । त्यसबाहेक अरु विभिन्न किसिमका भाषाको ज्ञान भए अझ राम्रो हुन्छ ।

मन्टेश्वरी टिचर

मन्टेश्वरी टिचर महिलाहरुका लागि अर्को आकर्षक जागिर हो । दुधे बालबालिकाहरुलाई स्कुल पठाउने चलन बढेसँगै मन्टेश्वरी टिचरका लागि जागिरको माग बढ्दो अबस्थामा छ ।
महिलाहरु कोमल हुने भएकाले, उनीहरुले मात्र बालबच्चाको राम्रोसँग केयर गर्न र फकाउन सक्ने भएकाले मन्टेश्वरी टिचरमा प्राय महिलाहरु मात्रै राखिन्छ । यो जागिर खानका चाहनेसँग बाल मनोविज्ञान बुझ्न सक्ने क्षमता र बालबच्चाको केयर गर्नसक्ने हुनुपर्छ ।

डिजाइनर

डिजाइनर महिलाहरुका लागि अर्को रोजगारीको अवसर भएको क्षेत्र हो । महिलाहरु सौदर्य र फेसनमा बढी सोखिन हुने भएकाले डिजाइनर महिलाका लागि निकै आकर्षक जागिर हो । राम्रो डिजाइन गर्न सक्ने महिलाले देश तथा विदेशमा राम्रो तलबसहितको जागिर पाउँछन् । यसका लागि अध्ययन वा तालिम गरे पुग्छ ।

प्रतिक्रिया दिनुहोस्