तिहार सकिएको भोलिपल्टै सुनको भाउ घट्यो



नेपाल समाचारपत्र, काठमाडौं ।
शनिबार मात्रै नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सकिएको छ । भनिन्छ, चाडपर्वको समयमा हरेक कुरा महँगो हुन्छ भनेर त्यसैको परिणामस्वरुप हुनसक्छ तिहार सकिएको भोलिपल्ट अर्थात् आइतबार सुनचाँदीको मुल्यमा कमी आएको छ ।

आइतबार सुन तोलामा ३ सय तथा चाँदी ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन आइतबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यसअघि गएको मंगलबार सुन तोलाको ५६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै चाँदी पनि आइतबार तोलामा ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्